१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 01 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:४९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

भारतीय विदेशसचिव आइतबार नेपाल आउँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:४९:oo

भारतका विदेशसचिव विक्रम मिश्री आइतबार दुईदिने औपचारिक नेपाल भ्रमणमा आउने भएका छन्। परराष्ट्रसचिव सेवा लम्सालको निमन्त्रणामा उनी आउन लागेका हुन्। नेपाल र भारतका परराष्ट्र मन्त्रालयले शुक्रबार एकैसाथ भ्रमण सार्वजनिक गरेका हुन्।

दुई विदेशसचिवले नेपाल–भारत सम्बन्धलाई थप सुदृढ बनाउने र पारस्परिक हितकारी सहयोगलाई अगाडि बढाउने विषयमा छलफल गर्ने परराष्ट्र मन्त्रालयले शुक्रबार जनाएको छ।

परराष्ट्रका अनुसार भारतका विदेशसचिवले नेपालका उच्चपदस्थ व्यक्तिसँग पनि भेट गर्ने कार्यक्रम छ।

‘यो भ्रमण दुई मित्रवत् छिमेकीहरूबीचको नियमित भ्रमण आदान–प्रदानको निरन्तरता हो,’ परराष्ट्रले भनेको छ। भारतका विदेशसचिव मिश्री सोमबार फर्किनेछन्।

‘विदेशसचिवको आगामी भ्रमणले दुई देशबीचको नियमित उच्चस्तरीय आदान–प्रदानको परम्परालाई निरन्तरता दिनुका साथै छिमेकी पहिलो नीतिअन्तर्गत भारतले नेपालसँगको सम्बन्धलाई दिएको प्राथमिकतालाई प्रतिबिम्बित गर्दछ,’ भारतीय विदेश मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ।

द्विपक्षीय सम्बन्धलाई अझ अघि बढाउन विदेशसचिवको भ्रमण अवसर हुने पनि भारतको विश्वास छ।