१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:२३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कुलमानमाथि अस्वाभाविक लाञ्छना : माओवादी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:२३:oo

माओवादी केन्द्रले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङमाथि अस्वाभाविक लाञ्छना लगाएर केपी ओली नेतृत्वको सरकारले सुशासनको अभियानमा अवरोध गरेको भन्दै विरोध जनाएको छ।

शुक्रबारदेखि सुरु स्थायी कमिटी बैठकको छलफलका विषय सुनाउँदै माओवादी प्रवक्ता अग्नि सापकोटाले यस्तो बताएका हुन्।

बैठकपछि प्रवक्ता सापकोटाले भने, ‘नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमाथि अस्वाभाविक, अप्राकृतिक ढंगले लाञ्छना लगाउने काम भइरहेको छ, त्यसप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ । सरकारले सुशासनको सवालमा, भ्रष्टाचारविरोधी अभियानमा अवरोध हुने  खालका कुरा नगरोस् भनेर हामीले खबरदारी गरेका छौँ।’