१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
Invalid date format १८:o२:oo
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

सुदूरपश्चिम प्रदेश सभाको अधिवेशन आह्वान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:o२:oo

सुदूरपश्चिम प्रदेश सभाको पाँचौँ अधिवेशन आह्वान गरिएको छ। प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख नजिर मियाँले आगामी आइतबार दिउँसो २ बजेका लागि प्रदेश सभाको अधिवेशन आह्वान गरेका हुन्।

सरकारको सिफारिसमा प्रदेश प्रमुख मियाँले गत बुधबार रातिदेखि अधिवेशन अन्त्य गरेका थिए। अधिवेशन अन्त्य गरेर सरकारले बजेट शून्यताको अवस्थामा कर संकलन गर्न पाउने व्यवस्थासहित सुदूरपश्चिम प्रदेश सामयिक राजस्व संकलनसम्बन्धी व्यवस्था गर्न बनेको अध्यादेश २०८१ बिहीबार जारी गरेको थियो। अध्यादेश जारी भएसँगै प्रदेशमा कर संकलन सुरु भएको छ।

प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आउने अधिवेशनमा विश्वासको मत लिने बताइएको छ। कांग्रेस संसदीय दलका नेता शाह गत आइतबार मुख्यमन्त्री नियुक्त भएका थिए। सोमबार शपथ लिएलगत्तै शाहले ६ मन्त्री र तीन राज्यमन्त्री नियुक्त गरेर मन्त्रिमण्डललाई पूर्णता दिएका थिए। आउने साता विश्वासको मत लिने तयारी रहेको मुख्यमन्त्री कार्यालय स्रोतले जनाएको छ।

आउने अधिवेशनमा सरकारले बजेटसमेत ल्याउने बताइएको छ। यसअघि तत्कालीन मुख्यमन्त्री दीर्घबहादुर सोडारी नेतृत्वको सरकारले १ असारमा ल्याएको बजेट सरकार अल्पमतमा परेसँगै पारित हुन सकेको थिएन। अल्पमतमा परेपछि सरकारले प्रदेश सभामा छलफलका लागि बजेट टेबल नै गरेन।

५३ सदस्यीय सुदूरपश्चिम प्रदेश सभामा सत्तारूढ कांग्रेसका १८, एमालेका ११ र नागरिक उन्मुक्ति पार्टीका सात सांसद छन्। सरकारलाई विश्वासको मत प्राप्त गर्न २७ सदस्यको समर्थन चाहिन्छ।