मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Thursday, 17 July, 2025
सौरभ यादव राजविराज
Invalid date format १२:३८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मिटरब्याजी रामदेवसहित आठजनाविरुद्ध जिल्ला अदालतमा मुद्दा दायर

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
Invalid date format १२:३८:oo

सप्तरीका मिटरब्याजी रामदेव साहु तेलीसहित आठजनाविरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सप्तरी जिल्ला अदालतमा अभियोगपत्र दायर गरेको छ।

रामदेवसहित उनकी श्रीमती शिवकुमारी देवी, छोराहरू नन्दकिशोर र विपिनकुमार, छोरीहरू पुषा साह र अनुराधाकुमारी साह, नाति चन्दनकुमार साह र कैलाश साहलाई प्रतिवादी कायम गरेर उनीहरूविरुद्ध १३ करोड ५५  लाख ७८  हजार ८२६  रुपैयाँ बिगो दाबी गरिएको छ।

सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ (संशाेधनसहित)को दफा ३० को उपदफा (१) बमोजिम बिगोको दोब्बर जरिवाना र कसुरको मात्राअनुसार कैद सजाय हुनका साथै निजको नाममा रहेको तपसिलबमोजिमको सम्पत्ति तथा साधन सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ (संशाेधनसहित) दफा ३४ को उपदफा (१) बमोजिम जफत हुन मागदाबी गर्दै अदालतमा आरोपपत्र दायर भएको जिल्ला सरकारी वकिल कार्यालय राजविराजका जिल्ला न्यायाधिवक्ता गोकुलबहादुर निरौलाले जानकारी दिए।

परिबन्धमा परेका विपन्नलाई ऋण लगाएर रामदेवले मिटरब्याजमा रकम असुल्नुका साथै उनीहरूको जग्गासमेत कब्जा गरेका छन्। निमुखामाथिको यस्तो अत्याचार गर्नेमा साहुकारको पूरै परिवार संलग्न रहेको अभियोग छ।

खडक नगरपालिका कल्याणपुरका मिटरब्याजी तेलीको खोजीमा रहेको सप्तरी प्रहरीले उनका छोरा नन्दकिशोरलाई धरान बजारबाट र छोरी अनुराधालाई काठमाडौंबाट पक्राउ गरेको थियो। सप्तरी जिल्ला अदालतका न्यायाधीश सूर्यनाथप्रकाश अधिकारीको इजलासले ४४ वर्षीय नन्दकिशोर साह र उनकी दिदी अनुराधा साहलाई २२ असार ०७९ सालमा  पुर्पक्षका लागि राजविराज कारागारमा थुनामा पठाएको थियो। त्यसपछि छोरा र छोरीलाई जनही ५०–५० लाख रुपैयाँ धरौटीमा थुनामुक्त गर्न सर्वोच्च अदालतले आदेश दिएको थियो।

ठगी तथा आपराधिक विश्वासघात गरेको भन्दै साहुकार रामदेवसँगै उनकी श्रीमती शिवकुमारी, छोरा नन्दकिशोर, छोरीहरू रेणुकुमारी र अनुराधा, नाति २१ वर्षीय चन्दनकुमार र धनुषा खरिहानी टोल बस्ने कैलाश साहविरुद्ध सप्तरीका १७ जनाले उजुरी दिएका थिए।