१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
सौरभ यादव राजविराज
Invalid date format २o:१५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‌कञ्चनरूपकी जयमाला मृत्यु प्रकरणमा एकजना पक्राउ

Read Time : < 1 मिनेट
सौरभ यादव, राजविराज
नयाँ पत्रिका
Invalid date format २o:१५:oo

सप्तरीको कञ्चनरूप नगरपालिका- ८ की ५७ वर्षीया जयमाला गुप्ताको मृत्युको घटनामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। सोमबार कञ्चनरूप नगरपालिका- ८ का संजीव साहलाई पक्राउ गरेको हो। 

साहलाई पक्राउ गरेर सप्तरी जिल्ला अदालतबाट तीन दिन म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ। 

गत ९ जेठको राति साढे ८ बजे मन्दिरबाट पूजा गरेर आउने क्रममा दक्षिणबाट उत्तरतर्फ गइरहेको मोटरसाइकलले कञ्चनपुर–फत्तेपुर सडक खण्डमा ठक्कर दिँदा उनी गम्भीर घाइते भएकी थिइन्। ठक्करबाट ‘सिभियर ब्रेन इन्जुरी’ भई अस्पताल भर्ना गरिएकी जयमालाको उपचारका क्रममा गत १५ जेठमा विराटनगरमा मृत्यु भएको थियो। 

त्यसपछि उनको परिवारजन निरन्तर न्यायको लागि गुहार गरिरहेको थियो। केही दिनअघि उनको छोरा डा. तुलाकृष्ण गुप्ताले राजविराजमा पत्रकार सम्मेलन गर्दै आमालाई ठक्कर दिने मोटरसाइकल धनीको प्रभावमा परी प्रहरीले अनुसन्धान नगरिरहेको गुनासो गरेका थिए।