१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
Invalid date format १८:२६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

२५ किलो गाँजासहित भारतीय नागरिक र कार प्रहरी नियन्त्रणमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:२६:oo

मकवानपुर प्रहरीले २५ किलो ५०० ग्राम लागुऔषध गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ। प्रहरीले भारतको बुँदेल टोली माधव मालसलामी पटना सिटी पटना–८००००८ बस्ने २० वर्षका आदित्य कुमारलाई गाँजासहित पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक प्रकाश साहका अनुसार प्रहरीले शनिबार बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत हेटौँडा– १५ रातोमाटेस्थित सडक खण्डमा हेटौँडाबाट पथलैयातर्फ जाँदै गरेको बिआर ०१ बि जे ८४८३ नम्बरको भारतीय स्यान्ट्रो कार रोकी जाँच गर्दा उक्त कारमा लागुऔषध गाँजा फेला पारेको हो।

प्रहरीले रीतपूर्वक खानतलासी गर्दा उक्त कारको विभिन्न भागमा फल्स बटम बनाई लुकाइछिपाई ल्याएको अवस्थामा लागुऔषध गाँजा फेला परेको प्रहरी निरीक्षक साहले जानकारी दिए। आदित्य कुमारलाई कारसहित नियन्त्रणमा लिई मकवानपुर जिल्ला अदालतबाट १० दिनको म्याद अनुमति लिई थप अनुसन्धान कार्य भइरहेको उनले बताए।