१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format २o:४३:oo
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

मिलन संग्रौलाको नयाँ उपन्यास ‘बावऋ’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format २o:४३:oo

लेखक मिलन संग्रौलाको दोस्रो उपन्यास ‘बावऋ’ लोकार्पण गरिएको छ। काठमाडौंमा जारी किताब जात्रा साहित्यिक महोत्सवमा शुक्रबार लेखकद्वय प्रवीण खतिवडा र सगुना शाहले पुस्तक लोकार्पण गरे।

कार्यक्रममा ‘बावऋ’माथि अन्तरसंवादसमेत गरियो। बादल, वर्षा र ऋतुको त्रिकोणात्मक प्रेमकथा मात्र नभई बाबु–छोराको सम्बन्ध, द्वन्द्वकालीन समयको भोगाइ, होस्टेल जीवन, गीत र खेल अनि सपना आदिको मीठो प्रस्तुति ‘बावऋ’ रहेको लेखक सगुना शाहले बताइन्।

सबै किसिमका पाठकका लागि उपयोगी उपन्यास आएको भन्दै उनले उपन्यासको प्रशंसासमेत गरिन्। भनिन्, ‘उपन्यासको भाषाशैली आकर्षक छ, यसले पाठकलाई बाँधेर राखिरहन्छ।’

उपन्यास आदर्श प्रेमको कथ्यमा आधारित रहे पनि यसले समाजका धेरै तहलाई उधिनेको अर्का वक्ता एवं लेखक प्रवीण खतिवडाको भनाइ छ। ‘मुख्य पात्रको यात्रासँगै आउने सहायक पात्रहरूको कथाले पनि उपन्यासलाई निकै ओजिलो बनाएको छ,’ उनले भने, ‘उपन्यासमा प्रयुक्त मौसमअनुरूपका अध्यायले भावनात्मक रूपमा पाठकलाई उसरी नै महसुस गराउँछन्।’

उपन्यासको फर्म र कथ्य शैली आफूलाई मन परेको खतिवडाले जनाए। ‘उपन्यासले हालको राज्यसत्ता र यसका सरोकारवालालाई एउटा ठूलो प्रश्न पनि गरेको छ,’ उनले भने।

आफूले साढे पाँच वर्ष उपन्यासका कथा र पात्रहरूसँगै बाँचेर ‘बावऋ’ लेखन पूरा गरेको लेखक मिलन संग्राैलाले बताए। ‘मैले किशोर अवस्थामा भोगेको एक कालखण्डको भोगाइसँग उपन्यास नजिक छ,’ उनले थपे, ‘एउटा कालखण्डको भोगाइसँगै हुर्किएको एउटा प्रेमकथा हो- ‘बावऋ’। मनैदेखि भन्न मन लागेको यो कथा अब पाठकका हातमा पुगेको कुराले म एकदम पुलकित छु।’

कथासंग्रह ‘च्याट गर्ल’ र उपन्यास ‘पर्पला’ लेखिसकेका संग्राैलाको ‘बावऋ’ तेस्रो कृति हो। फाइन प्रिन्टले प्रकाशन गरेको यस कृतिको मूल्य ५६० रुपैयाँ छ।