मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
Invalid date format १६:४३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आफैँलाई गोली हानेर नेपाली सेनाका जवानले गरे आत्महत्या

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:४३:oo

नवलपुरमा नेपाली सेनाका एक जवानले आत्महत्या गरेका छन्। कावासोती नगरपालिका– ७ बाँदरझुलास्थित नयाँ गोरख गण ‘ख’ गुल्म अमलटारी सेक्टरमा रहेको बाँदरझुला पोस्टमा कार्यरत नेपाली सेनाका जवान २२ वर्षीय सुदीप मिजारले आत्महत्या गरेका हुन्।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी उपरीक्षक नरहरि रेग्मीका अनुसार आज दिउँसो साढे १२ बजे मिजारले आफैँले बोकेको मिनी गनबाट घाँटीमा गोली चलाउँदै आत्महत्या गरेका हुन्।

उनले पोस्टको कोतघरमा रहेको ५.५६ एमएमको मिनी गनले आफ्नै घाँटीमा गोली हानेको प्रहरीले जनाएको छ।

धादिङको गल्छी गाउँपालिका– ४ घर भएका मिजारको श्री गोरख गण कसरामा दरबन्दी थियो भने हाल नयाँ गोरख गण ‘ख’ गुल्ममा कार्यरत थिए।

प्रहरी अहिले घटनास्थलमा रहेको र घटनाको अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताए। पौडेलका अनुसार अहिले घटनास्थलमा घटनाको मुचुल्का तयार पारी शव पोस्टमार्टमका लागि पठाउने तयारी भइरहेको छ।