दाङमा अटोमा चढेका दुईजनालाई खोलाले बगाएको छ। शुक्रबार साँझ साढे ७ बजेतिर तुलसीपुरबाट खाद्रेतर्फ जाँदै गर्दा कालाखोलाअन्तर्गत बेतनीमा बगाउँदा दुईजना बेपत्ता भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक ठाकुरप्रसाद पोख्रेलले बताए।
तुलसीपुर– ४ खाद्रेतर्फ जाँदै गर्दा अटोबाट बगाएको हो । अटोमा सवार पाँचजनामध्ये तीनजना सकुशल छन् । घटनाबारे विस्तृत विवरण आउन बाँकी छ। नियमितको वर्षाले गर्दा दाङका नदी तथा खोलाहरूमा पानीको बहाव बढेको छ।