१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:२१:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

बिआइबी अन्तरविद्यालय बास्केटबल प्रतियोगिता सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:२१:oo

सातौँ संस्करणको बिआइबी अन्तरविद्यालय बास्केटबल प्रतियोगिता बिहीबारदेखि सुरु भएको छ।

विद्यार्थीको क्षमता अभिवृद्धि तथा खेलमार्फत सदभाव बढाउने उद्देश्यका साथ आयोजित प्रतियोगिता बौद्ध इन्टरनेसनल स्कुलमा सुरु भएको हो।

‘खेलकुदलाई स्वास्थ्यसँग मात्रै नजोडेर यसलाई संस्कारको रूपमा स्थापित गर्न यो प्रतियोगिता आयोजना गरिँदै आएको छ। विद्यार्थी र स्कुलबीच नै सम्बन्ध स्थापित गर्न यो प्रतियोगिता नियमित रूपमा आयोजना गर्दै आएको छौँ,’ विद्यालयका सहप्राध्यापक दीपेश महर्जनले भने। 

यो संस्करणको बास्केटबल प्रतियोगितामा छात्रतर्फ १२ र छात्रातर्फ १० नयाँ टिम सहभागी छन्। यस वर्ष कुल १६ छात्र र १५ छात्रा समूहले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछन्।