
नेकपा एमालेको सचिवालय बैठकले १७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गर्ने निर्णय गरेको छ। महासचिव शंकर पोखरेलका अनुसार पार्टी प्रवेश गरेका तथा महिला र विभिन्न जनवर्गीय संगठनबाट १७ जनालाई केन्द्रीय सदस्यमा मनोनीत गरिएको हो।
मनोनीत हुनेहरूमा सुवास कर्माचार्य (सिन्धुपाल्चोक), कुन्दन कुशवाह (रौतहट), जितेन्द्र देव (सप्तरी), रामप्रीत पासवान (सिराहा), कृष्णभक्त पोखरेल (चितवन), कमलकृष्ण तिमिल्सिना (अछाम) र गोविन्द पुन (सल्यान) रहेका छन्।
यस्तै, केदार सिग्देल (तनहुँ), मनमोहन पौडेल (पर्वत), हरदेव जोशी (दार्चुला), हरि उप्रेती (सर्लाही), इन्द्र भण्डारी (झापा), महेश बर्तौला (मकवानपुर), सरिता भुसाल (किसान महासंघ), प्रभा बराल (कास्की), मञ्जु शर्मा चालिसे (बागलुङ) र आशा जबेगु (पाँचथर) रहेका छन्। रासस