१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ श्रावण १४ सोमबार
  • Friday, 09 May, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ श्रावण १४ सोमबार १६:४२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विपिन जोशीको रिहाइका लागि सक्दो प्रयास गरिरहेका छौँ : परराष्ट्रमन्त्री राणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ श्रावण १४ सोमबार १६:४२:oo

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले हमास समूहको नियन्त्रणमा रहेका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि सरकारले सक्दो प्रयास गरिरहेको बताएकी छिन्।

जोशीका बुबा महानन्द जोशी र उनको परिवारका सदस्यहरूलाई मन्त्री डा. राणाले सो जानकारी दिएकी हुन्। विपिन जोशीका बुबासहित परिवारका सदस्यहरूले सोमबार परराष्ट्रमन्त्री डा. राणालाई उनको कर्यकक्षमा भेटेर विपिनको रिहाइका लागि पहल गरिदिन अपिल गरेका थिए।

भेटमा मन्त्री डा. राणाले जोशी सो समूहको नियन्त्रणमा सुरक्षित रहेको जानकारी आफूले पाएको बताएकी थिइन्। इजरायलमा भएको सो आक्रमणपछि विपिनसहित नियन्त्रणमा लिइएका सबैलाई उनीहरूले सुरक्षित राखेको जानकारी पाइएको र उनको सकुशल रिहाइका लागि मन्त्रालयले सक्दो प्रयास गरिरहेको जानकारी मन्त्री डा. राणाले दिइन्।

‘उनको अवस्थाबारे हालै नेपालका लागि इजरायली राजदूतसँग पनि मैले जानकारी लिएँ। उहाँले पनि सो आक्रमणपछि नियन्त्रणमा लिइएकाहरू हमासको समूहमा सुरक्षित रहेको आफूले जानकारी पाएको बताउनुभएको छ। जोशीको रिहाइका लागि इजरायली राजदूत पनि लागिपर्नुभएको छ। हामीले पनि उनको रिहाइमा कुनै पनि कसर बाँकी नराखेरै काम गरिरहेका छौँ। आशा छ, उनी सो नियन्त्रणबाट सकुशल मुक्त हुनेछन्,’ राणाले भनिन्।

आफू परराष्ट्रमन्त्री भएदेखि नै विपिनको रिहाइका लागि केही गर्न सकिन्छ भनेर लागिपरेको तथा आफूसँग भेट्न आउने प्रायः सबै विदेशी राजदूतहरूलाई पनि विपिनको रिहाइका लागि आवश्यक सहयोग र पहल गरिदिन आग्रह गर्ने गरेको उनको भनाइ थियो।

यसअघि पनि कतारका राष्ट्रपति नेपाल भ्रमणमा आएका वेला उनीसँग नेपाल सरकारले विपिनको रिहाइका लागि पहल गरिदिन आग्रह गरेको स्मरण गर्दै मन्त्री डा. राणाले आवश्यक सहयोग र पहलका लागि कतार सरकारसँग आफूले आग्रह गर्ने जानकारी दिइन्।

इजरायलमा गत अक्टोबरमा हमास समूहद्वारा भएको आक्रमणपश्चात् उनीहरूकै नियन्त्रणमा रहेका विपिन जोशी हालसम्म पनि सम्पर्कविहीन छन्।