१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ श्रावण ११ शुक्रबार
  • Saturday, 05 July, 2025
तस्बिर : संजित परियार/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
२o८१ श्रावण ११ शुक्रबार १३:२३:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

मौद्रिक र वित्त नीतिकाे तादात्म्यता मिलाउन खोजेका छौँ : गभर्नर अधिकारी

मौद्रिक नीतिले मात्रै सबै समस्या समाधान गर्न खोजे जोखिम उत्पन्न हुन्छ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ श्रावण ११ शुक्रबार १३:२३:oo

गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिले मात्रै सबै समस्या समाधान गर्न नसकिने बताएका छन्। आर्थिक वर्ष ०८१/८२ को मौद्रिक नीति सार्वजनिक गरेपछि पत्रकारहरूले सोधेका प्रश्नको जवाफमा गभर्नरले मौद्रिक र वित्त नीतिको तादात्म्यता मिलाउन खोजिएको बताए।

‘मौद्रिक नीतिले मात्रै सबै समस्या समाधान गर्न खोज्यो भने जोखिम उत्पन्न हुन्छ। अरू नीतिले पनि साथमा काम गर्नुपर्ने हुन्छ। तब मात्रै कर्जा प्रवाह हुन्छ,’ उनले भने, ‘मौद्रिक र वित्त नीतिलाई केही हदसम्म तादात्म्यता मिलाउन खोजेका छौँ।’

बैंकहरूसँग लगानी गर्न पर्याप्त पैसा नभएको उल्लेख गर्दै गभर्नर अधिकारीले निर्माण क्षेत्रको शिथिलतालाई सम्बोधन गर्दै आर्थिक गतिविधि बढोस् भनेर व्यवस्था गरिएको बताए। ‘बैंकहरूको पुँजीको दबाबलाई राहत दिन व्यवस्था गरेका छौँ। पुँजी पर्याप्तता हेर्ने हो भने लगानी गर्ने पैसा बैंकहरूसँग छैन। त्यसलाई सहज बनेका छौँ,’ उनले भने, ‘केही न केही आर्थिक गतिविधि बढोस् भनेर व्यवस्था गरेका छौँ। निर्माण क्षेत्रको शिथिलतालाई सम्बोधन गर्न खोजेका छौँ।’ 

बजारमा कर्जा प्रवाहको लक्ष्य साढे १२ प्रतिशतको राखेको जानकारी दिँदै उनले थपे, ‘निर्माण व्यवसायलाई चक्रीय असर परेकाले राहत दिन खोजेका छौँ। ठूला–साना हेरेर ल्याउन खोजेका होइनौँ। सन्तुलन गर्न खोजेका छौँ। बैंकबाट जाने ऋणलाई मात्रै व्यवस्था गरेका छौँ। सेयर बजारलाई छुन खोजेका छैनौँ। व्यक्तिगत कर्जाको १५ करोडको सीमा यथावत् छ।’

अर्थतन्त्रका कुनै पनि क्षेत्रमा ‘बबल उत्पन्न नहोस् भन्ने विषयमा सचेत रहेको बताउँदै उनले यी सुविधाबाट प्रणालीमा पर्ने असरलाई नियमित अनुगमन गरिने प्रस्ट्याए।

‘हामी सतर्क छौँ। सजगतापूर्ण मौद्रिक नीति त्यसै भनेका होइनौँ। यो सुविधाबाट प्रणालीमा पर्ने असरलाई नियमित अनुगमन गर्छौँ। कहीँ पनि बबल उत्पन्न नहोस् भन्ने छ। बबल ब्रस्ट (फुट्ने) भयो भने त्यसबाट पर्ने असरमा हामी सजग छौँ,’ उनले भने।