मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ श्रावण ८ मंगलबार
  • Wednesday, 19 March, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ श्रावण ८ मंगलबार १४:३९:oo
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

प्रधानमन्त्रीसँग रुसी महिला भलिबल टोलीको भेट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ श्रावण ८ मंगलबार १४:३९:oo

प्रधानमन्त्री केपी ओलीले पारस्परिक लाभ र सम्मानका आधारमा नेपाल र रुसबीचको पुरानो सम्बन्धलाई पुनः नवीकरण गर्नुपर्ने बताएका छन् । 

प्रधानमन्त्रीनिवास बालुवाटारमा आज रुसको महिला भलिबल टोलीका अफिसियलसँग भएको भेटमा प्रधानमन्त्री ओलीले दुई देशबीच सोभियत संघ हुँदादेखि नै रुसबाट नेपालले शिक्षा, यातायातलगायत क्षेत्रमा सहयोग प्राप्त भएको बताए । उनले खेलकुदको क्षेत्रमा रुस अग्रपंक्तिमा रहेको बताए।

दुई देशको भलिबल टोलीबीच मैत्रीपूर्ण खेल हुनु सकारात्मक भएको चर्चा गर्दै प्रधानमन्त्री ओलीले  खेलका माध्यमबाट पनि आपसी सम्बन्ध विस्तारमा योगदान पुग्ने बताए।  प्रधानमन्त्रीले रुसको प्रसिद्ध ‘ग्रेट मस्को सर्कस’ र नेपालको मौलिक नृत्य, ‘अर्केस्ट्रा’ संस्कृतिको आदानप्रदानमा निरन्तरता हुनुपर्नेमा जोड दिएकाे प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।