१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
तस्बिर : ज्ञानेन्द्र कार्की/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडौं
Invalid date format १७:५o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

काठमाडौंमा फुटपाथ विस्तारको समर्थन गर्दै २४ वडावासी सडकमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १७:५o:oo

काठमाडौं महानगरमा फुटपाथ विस्तारको विरोधमा वडा नं २२ र २३ का जनप्रतिनिधिले विरोध प्रदर्शन गरिरहँदा वडा नं २४ मा विस्तारको पक्षमा प्रदर्शन भएको छ।

फुटपाथ विस्तार कार्यको समर्थन गर्दै सोमबार २४ नं वडावासीले मखनमा प्रदर्शन गरेका हुन्। उनीहरूले ‘फुटपाथ बढाएर आमनागरिकलाई सहजसँग हिँड्न देऊ’, ‘चेलीबेटी दिदी–बहिनीको सुरक्षा गर’, ‘अगाडि बढ बालेन जनता तिम्रो साथमा छन्’जस्ता नारा लेखिएका प्लेकार्डहरू प्रदर्शन गरेका थिए।

सडक विभाग र महानगरबीचको विवादमा उच्च अदालत पाटनले महानगरको पक्षमा फैसला गरेसँगै काठमाडौंमा फुटपाथ विस्तारको काम भइरहेको छ। वडा नं २२ र २३ का जनप्रतिनिधि महानगरको विरोधमा उत्रिएको वेला वडा नं २४ मा महानगरको पक्षमा प्रदर्शन भएको हो।