१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
प्रतिनिधिसभामा प्रधानमन्त्रीले पेश गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा धारणा राख्दै देउवा । तस्बिर : अमुल थापा/नयाँ पत्रिका ।
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:५७:oo
Read Time : < 1 मिनेट
समाचार

सातबुँदे सहमतिप्रति एमाले दृढ रहनेछ भन्ने विश्वास लिएको छु : देउवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:५७:oo

कांग्रेस सभापतिसमेत रहेको प्रतिनिधिसभा सदस्य शेरबहादुर देउवाले सातबुँदे सहमतिप्रति एमाले दृढ रहने विश्वास व्यक्त गरेका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्रीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्तावको पक्षमा धारणा राख्दै देउवाले सहमतिप्रति एमाले पनि दृढ रहने विश्वास व्यक्त गरेका हुन्।

राजनीतिलाई स्थिरताको बाटोतर्फ उन्मुख गराउन गठन भएको वर्तमान सरकार सफल हुनेछ भन्ने मैले विश्वास लिएको छु। तसर्थ, असार १७ गते नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सातबुँदे सहमतिको कार्यान्वयनप्रति नेपाली कांग्रेस दृढ छ, दृढ रहिरहनेछ भन्ने प्रतिबद्धता व्यक्त गर्दछु,’ देउवाले भने, ‘साथै, नेकपा एमाले पनि यस कुरामा दृढ रहनेछ भन्ने कुरामा पूर्ण रूपले विश्वास छु। त्यसैले नेपाली कांग्रेसले प्रधानमन्त्रीले माग्नुभएको विश्वासको मतको प्रस्तावको पक्षमा मतदान गर्नेछ।’

सातबुँदे सहमतिमा आगामी दुई वर्ष एमाले अध्यक्ष केपी ओलीले सरकारको नेतृत्व गर्ने र त्यसपछि चुनावी सरकारको नेतृत्व कांग्रेस सभापति देउवाले गर्ने उल्लेख छ।