
पश्चिम नवलपरासीमा सर्पले डसेर एकजनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका प्रहरी नायब उपरीक्षक रेशम बोहराका अनुसार बर्दघाट नगरपालिका– १४ बसोवास बस्ने २० वर्षीया युवती सोनिया खनालको मृत्यु भएको हो ।
शुक्रबार बिहान ३ बजेतिर पिसाब फेर्न घरबाहिर निस्केको अवस्थामा सर्पले बायाँ खुट्टामा डसेको हो । उनको स्थानीय सरोज मेडिकलमा सामान्य उपचारपश्चात् थप उपचारका लागि जिल्ला अस्पताल परासी लगिएकोमा उपचारको क्रममा बिहान नौ बजेतिर मृत्यु भएको हो ।