१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
Invalid date format २२:o१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

काठमाडौं महानगरले सुरु गर्‍यो सेवाग्राही सर्वेक्षण कार्यक्रम

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २२:o१:oo

काठमाडौं महानगरपालिकाले प्रवाह गर्ने सेवाको गुणस्तर र सन्तुष्टिको स्तर मापनका लागि ‘साथी महानगर’ कार्यक्रमले सर्वेक्षण सुरु गरेको छ। सेवाग्राही सर्वेक्षण महानगरको केन्द्रीय कार्यालय, काठमाडौं प्लाजाको पहिलो तला (एकल सेवा केन्द्र भएको स्थान) बाट सुरु गरिएको हो।

गत वर्षदेखि कार्यान्वयनमा आएको महानगर स्वर्णिम योजनाअन्तर्गत सामाजिक विकास विभागले सञ्चालन गरेको ‘साथी महानगर’ कार्यक्रमले सर्वेक्षण थालेको हो। सर्वेक्षण सुरु भएको पहिलो दिन बिहीबार नै ३३ जना सेवाग्राहीले फाराम भरेका छन्। महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले भने, ‘हामी महानगरपालिकामा सेवाको गुणस्तर र सन्तुष्टिको स्तर मापनका लागि बेन्च मार्किङ गर्दै छौँ।

एकल सेवा केन्द्र सञ्चालनमा आइसकेपछिको सेवाप्रवाहमा आएको परिवर्तनलाई तथ्यसहित मापन गर्न यसले आधार प्रदान गर्नेछ।’ उनले आगामी वर्ष यही समयमा यस्तै सर्वेक्षण गरेपछि नतिजा थाहा हुने बताए। तुलनात्मक विवरणबाट मापनयोग्य अवस्था प्राप्त हुने र काम भएको देखिने, तर सेवाग्राही सन्तुष्ट नहुने अवस्था नरहोस् भन्नका लागि सर्वेक्षण गरिएको हो।