१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
Invalid date format १९:४८:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

त्रिशूलीमा बेपत्ता बसका थप दुई यात्रुको शव भेटियो

अहिलेसम्म २१ शव संकलन, १४ को मात्र सनाखत

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:४८:oo

चितवनको सिमलतालमा पहिरोमा परेर बेपत्ता भएका दुई बसका यात्रुहरूमध्ये आज थप दुई शव फेला परेका छन्।

चितवनको भरतपुर महानगरपालिका– २६ सिसुवारमा १ पुरुष र नवलपुरको विनयी त्रिवेणी गाउँपालिका– ७ त्रिवेणी ब्यारेज पुलमा एक महिलाको गरी दुई शव फेला परेको हो।

विनयी त्रिवेणी गाउँपालिका– ७ त्रिवेणी ब्यारेज पुलको १० नम्बर ढोकानजिक आज साँझ ६ बजे ३०-३५ वर्षीया महिलाको शव फेला परेको हो। 

जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार अहिलेसम्म २१ शव फेला परेका छन्। तीमध्ये १४ शवको मात्र सनाखत भएको छ। एक महिलासहित सात पुरुषको शवको सनाखत हुन सकेको छैन।

अहिलेसम्म नवलपुरमा १५, चितवनमा पाँच र पश्चिम नवलपरासीमा एक गरी २१ शव फेला परेका छन्। तिनमा तीन महिला, एक बालक र १७ पुरुष छन्।

सनाखत भएकामा सर्लाहीको बरहथवा नगरपालिका– ३ का १९ वर्षीय रमितकुसर माझी, सर्लाहीकै रामनगर गाउँपालिका– ३ का २९ वर्षीय जितेन्द्रराम महरा, पर्साको सकुवा प्रसौनी गाउँपालिका– २ की २८ वर्षीया चन्द्रप्रभाकुमारी चौधरी, रौटहटको परुहा नगरपालिका– ६ का ४० वर्षीय ऋषिकुमार सिंह, रौतहटकै गरुडा गाउँपालिका– ९ का ९ वर्षीय बालक अशोककुमार यादव, रौतहटकै चन्द्रपुर नगरपालिका– १० का ४३ वर्षीय किशोरकुमार चौधरी, रौतहटको बोधीमाई नगरपालिका– ७ का २९ वर्षीया अमृता कुमारी छन्।

यस्तै, चितवनको भरतपुर महानगरपालिका– २२ का २३ वर्षीय सुदीप विक, चितवन माडी नगरपालिका– १ का २२ वर्षीय विकास परियार, भारतको सीतामणि बर्गिनिया बस्ने २८ वर्षीय ऋषिपाल शाह, सीतामणि बेतियानिवासी ३० वर्षीय जयप्रकाश ठाकुर, सीतामणि खाना बैरगनिहा– ९ निवासी २७ वर्षीय विवेक कुमार, भारतको बिहार बेतियानिवासी ३० वर्षीय सजाद अन्सारी, बारा जिल्लाको विश्रामपुरनिवासी ४३ वर्षीय प्रमानन्द पण्डितको सनाखत भएको छ।

नवलपुर प्रहरीले शव खोजीको लागि स्थानीय माझीलाई समेत परिचालन गरेको छ।