१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ श्रावण ३ बिहीबार
  • Wednesday, 02 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८१ श्रावण ३ बिहीबार o७:o४:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

नेपालले जित्यो आइसिसी अवार्ड

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ श्रावण ३ बिहीबार o७:o४:oo

सामाजिक सञ्जालमा समर्थकको संलग्नताको प्रशंसास्वरूप नेपालले आइसिसी डिजिटल फ्यान इंगेजमेन्ट इनिसिएटिभ अफ द इयर अवार्ड जितेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले बुधबार आइसिसी ग्लोबल अवार्डमध्ये ६ विधाको विजेता घोषणा गरेको हो । जसमा नेपालले आइसिसी डिजिटल फ्यान इंगेजमेन्ट इनिसिएटिभ अफ द इयरको अवार्ड हात पारेको हो । यसअघि एसिया क्षेत्रको विजेता नेपालले अन्य क्षेत्रलाई पछि पार्दै अवार्ड प्राप्त गरेको हो ।

क्यानले अवार्ड जितेकोमा गौरवानुभूति भएको जनाएको छ । वर्षभरिमा नेपालको कीर्तिमानी फ्यानबेस बढेको आइसिसीले जनाएको छ । फेसबुकलगायत डिजिटल माध्यममा नेपाली फ्यानको संलग्नता गत वर्षभन्दा चार गुना बढेको आइसिसीले जनाएको छ । 

नेपाली क्रिकेट टोलीका पूर्वकप्तानसमेत रहेका नेपाल क्रिकेट संघ (क्यान)का सचिव पारस खड्काले नेपाली क्रिकेटलाई समर्थन गर्ने लाखौँ समर्थकको प्रशंसा गरेका छन् । ‘यो‌ अवार्डले फ्यानलगायत क्रिकेट समुदायको सामूहिक प्रयासलाई प्रतिबिम्बित झल्काएको छ,’ उनले भने, ‘क्यानले लिएको डिजिटल रणनीतिले फ्यानहरूलाई नेपाली क्रिकेटसँग थप नजिक बनाउन भूमिका निर्वाह गरेको छ ।