१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
Invalid date format १८:oo:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

२७ वर्षपछि मुगुले मन्त्री पायो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:oo:oo

हिमाली जिल्ला मुगुले २७ वर्षपछि संघीय सरकारमा मन्त्री पाएको छ। केपी ओली नेतृत्वको मन्त्रिपरिषदमा नेपाली कांग्रेसका सांसद ऐनबहादुर शाही ठकुरी वन तथा वातावरणमन्त्री बनेका हुन्।

२०४८ सालमा नेपाली कांग्रेस नेतृत्वको सरकारमा मुगुबाट हस्तबहादुर मल्ल शिक्षा सहायक मन्त्री भएका थिए। उनै मल्ल २०५२–०५३ सालसम्म शेरबहादुर देउवा नेतृत्वको सरकारमा शिक्षा राज्यमन्त्री भएपछि हालसम्म मुगुबाट केन्द्र सरकारमा कुनै मन्त्री थिएनन्।

प्रधानमन्त्री ओली नेतृत्वको नयाँ सरकारमा कर्णाली प्रदेशबाट मन्त्री बन्ने शाही एकल व्यक्तिसमेत हुन्।

मुगुबाट प्रतिनिधिसभा सदस्य निर्वाचित शाही नेपाली कांग्रेसको मुगु जिल्ला सभापतिसमेत हुन्। २०२६ साल फागुनमा मुगुको सोरु गाउँपालिका–२ जडेपानीमा जन्मेका शाही २०४४–०४५ देखि नेपाल विद्यार्थी संघबाट सक्रिय राजनीतिमा लागेका हुन्। उनले स्नातक तहसम्म औपचारिक शिक्षा लिएका छन्।

२०४८–०५१ र २०५२–०५३ सालमा तत्काली शिक्षा राज्यमन्त्री हस्तबहादुर मल्लको स्वकीय सचिव भएर काम गरेका शाही बहुदलीय व्यवस्थापछि कांग्रेस जिल्ला पार्टी सदस्य हुँदै २०६८ सालमा जिल्ला सभापति निर्वाचित भएका थिए।

२०७० मा पहिलोपटक संविधानसभा सदस्यको उम्मेदवार बनेका उनी एमालेका मोहन बानियाँसँग सामान्य मतान्तरले पराजित भए। २०७८ सालमामा दोस्रो पटक कांग्रेस जिल्ला सभापति बनेका उनी २०७९ को आमनिर्वाचनमा पनि विजयी बने। एमालेका राजबहादुर कार्कीलाई चार हजार बढी मन्तारन्तरले पराजित गर्दै शाहीले पहिलो पटक संसदीय राजनीति अभ्यास गर्ने अवसर पाएका हुन्।