मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
प्रतिनिधिसभामा विश्वासको मतसम्बन्धी प्रस्तावमा उठेका प्रश्नकाे जवाफ दिन जाँदै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड । तस्बिर : संजित परियार/नयाँ पत्रिका ।
Invalid date format १७:१३:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रधानमन्त्री प्रचण्डले गुमाए प्रतिनिधिसभाको विश्वास

पक्षमा ६३, विपक्षमा १९४ मत, नयाँ सरकार गठनकाे बाटो खुल्यो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:१३:oo

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड प्रतिनिधिसभामा विश्वासको मत प्राप्त गर्न असमर्थ भएका छन्। प्रतिनिधिसभाबाट विश्वास गुमाएकाले प्रधानमन्त्री प्रचण्ड पदमुक्त भएका छन्।

सत्तासाझेदार दल एमालेले कांग्रेससँग नयाँ सत्तागठबन्धनका निम्ति सरकार छाडेर समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले आजको प्रतिनिधिसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गरेका थिए।

प्रधानमन्त्रीको प्रस्तावमाथि भएको मतदानमा उनको पक्षमा ६३ मत पर्‍याे भने विपक्षमा १९४ सांसदले मतदान गरे। एक सांसद तटस्थ रहे । बैठकमा दुई सय ५८ सांसद उपस्थित थिए।

प्रधानमन्त्रीको पक्षमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र एकीकृत समाजवादीका सांसदले मतदान गरे । कांग्रेस, एमाले, राप्रपा, जसपा नेपाल, जसपालगायतका दलका सांसदले प्रधानमन्त्री प्रचण्डको विपक्षमा मत जाहेर गरे। 

संविधान जारी भएपछिको दोस्रो आमनिर्वाचनबाट तेस्रो दल बनेको एकीकृत माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड १० पुस ०७९ मा प्रधानमन्त्री नियुक्त भएका थिए।