१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
Invalid date format १७:२२:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

रास्वपा उपाध्यक्ष अर्यालमाथि निष्कासित महामन्त्री ढकालले लगाए आर्थिक अनियमितताको आरोप

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:२२:oo

राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीलगायतका सबै जिम्मेवारीबाट निष्कासनमा परेका मुकुल ढकालले पार्टीका उपाध्यक्ष डिपी अर्यालमाथि आर्थिक अनियमितताको आरोप लगाएका छन्। 

आज पत्रकार सम्मेलन गर्दै ढकालले यस्तो आरोप लगाएका हुन्। रास्वपाभित्र आर्थिक पारदर्शिता नरहेको उनले आरोप लगाए।

‘डिपी अर्यालले साथीहरूले दिएको पैसा पार्टीलाई नदिई सीधै आफ्नो खल्तीमा राख्नुभएको छ। दुई साताअघि पनि त्यस्तो भएको छ,’ ढकालको आरोप छ, ‘कानुनअनुसार पार्टीले ऋण लिन नपाउने प्रावधानबारे मैले सम्झाउँदा पनि अर्यालले पार्टीको ऋणको नाममा पैसा कारोबार गरिरहनुभयो।’