१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
Invalid date format १९:४५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नवलपुरमा गोहीको आक्रमणबाट मृत्यु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १९:४५:oo

पूर्वी नवलपरासीमा गोहीको आक्रमणबाट एकजनाको निधन भएको छ। 

आज बिहान ९ बजेतिर नवलपुरको मध्यविन्दु नगरपालिका- २ सेहेरीमा नारायणी नदीकिनारमा नुहाउन गएका ७२ वर्षीय मिलबहादुर थारूको गोहीको आक्रमणबाट निधन भएको हो। 

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार थारूले नुहाउने क्रममा गोहीले तानी नदीमा लगेको र डुबेको अवस्थामा उद्दार गरिएको थियो। 

स्थानीय र प्रहरीको टोलीले उद्धार गरी हेर्दा मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। 

उनको शरीरको खुट्टाको भाग गोहीले खाएको अवस्थामा फेला परेको छ। 

उक्त गोहीलाई चितवन राष्ट्रिय निकुञ्जबाट आएको टोलीले उद्धार गरी लगेको थियो।