१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
Invalid date format १७:४o:oo
Read Time : > 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

वीरेन्द्रनगरले ल्यायो तीन अर्ब ५९ करोडभन्दा बढीको बजेट

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:४o:oo

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले आर्थिक वर्ष ०८१/८२ का लागि तीन अर्ब ५९ करोड १८ लाख ६८ हजार ९९९ रुपैयाँको बजेट प्रस्ताव गरेको छ। १५औंँ नगरसभामा नगरपालिकाका उपप्रमुख नीलकण्ठ खनालले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गरेका हुन्।

त्यसमध्ये संघीय वित्तीय सामानीकरण अनुदानबाट २४ करोड १२ लाख, संघीय ससर्त अनुदान एक अर्ब ६९ करोड २८ लाख ५१ हजार ३६ रुपैयाँ, संघीय राजस्व बाँडफाँटबाट १८ करोड ९८ लाख ८१ हजार ९० रुपैयाँ, संघीय सरकार विशेष अनुदान पुँजीगत १ करोड ५० लाख, संघीय सरकार समपूरक अनुदान पुँजीगत १ करोड रहेको छ।

यसैगरी, संघीय सरकार रोयल्टी ८ लाख १८ हजार  ८ सय ७३ रुपैयाँ, प्रदेश सरकार वित्तीय समानीकरण अनुदान २ करोड ९९ लाख १४ हजार, प्रदेश ससर्त अनुदान २८ करोड १३ लाख ३८ हजार, प्रदेश राजस्व बाँडफाँट ६४ लाख ७५ हजार १ सय ४८ रुपैयाँ, घरजग्गा रजिस्ट्ररेसन तथा मनोरञ्जन १४ करोड ३६ लाख ५८ हजार ८ सय ५२ रुपैयाँ,  दहत्तर बहत्तर शुल्क २ करोड ५० लाख अनुमान गरिएको छ।

नगरपालिकाको आन्तरिक आय ३६ करोड ८३ लाख ४ हजार, चालू आवमा खर्च नभई मौज्दात रहने रकमबाट १८ करोड ७४ लाख २८ हजार र सामाजिक सुरक्षा अनुदान ४० करोड गरेर साढे ३ अर्ब बढीको बजेट प्रस्ताव गरिएको नगर उपप्रमुख खनालले बताए।

आर्थिक वर्ष ०८१-८२ को नीति तथा कार्यक्रम कार्यान्वयनका लागि स्रोत व्यवस्थापनको विनियोजनमा तलब-भत्ता तथा कार्यालय सञ्चालनका लागि ३१ करोड ५० लाख, खानेपानी, सुशासन तथा पूर्वाधार प्रवर्द्धन कार्यक्रम म्याचिङ फन्ड (भेरी पम्पिङ आयोजना) सञ्चालन व्यवस्थापन एवं सहकार्यका लागि १० करोड, वडास्तरीय योजना तथा कार्यक्रमका लागि १७ करोड २० लाख, मेयरसँग महिला किसान कार्यक्रमका लागि १ करोड ६० लाख, वडास्तरीय नगर गौरव आयोजनाका लागि ८ करोड विनियोजन गरिएको छ।