१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
शिल्पा कर्ण काठमाडौं
Invalid date format १९:५४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सडक निर्माणमा अनियमितता गर्ने मुड्केचुलाका इन्जिनियर र सब-इन्जिनियरलाई सजाय

Read Time : < 1 मिनेट
शिल्पा कर्ण, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १९:५४:oo

डोल्पा जिल्लाको मुड्केचुला गाउँपालिकाका इन्जिनियर र सब-इन्जिनियर भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्। गाउँपालिकाको वडा नं. ८ मा सडक निर्माणमा अनियमितता भएको मुद्दामा तीनजना दोषी पाइएका हुन्। 

विशेष अदालतले गाउँपालिकामा इन्जिनियरका रूपमा कार्यरत देवराज रावत र सब-इन्जिनियर दीपनारायण यादवलाई दोषी ठहर गरेको हो। दुवैलाई जनही ३ महिना कैद र ३ लाख ६५ हजार रुपैयाँ जरिवानाको फैसला भएको छ। 

विशेषका सदस्यहरू खुसीप्रसाद थारू, तेजनारायणसिंह राई र रामबहादुर थापाको इजलासबाट यस्तो फैसला भएको हो। उपभोक्ता समिति अध्यक्ष मानबहादुर रोकायाबाट भने विशेषले १० लाख ९७ हजार रुपैयाँ भराउने फैसला गरेको छ। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पाँच महिनाअघि मुद्दा दर्ता गरेकोमा आंशिक ठहरको फैसला भएको हो। सडक निर्माणका क्रममा १० लाख ९७ हजार रुपैयाँ भ्रष्टाचार भएको दाबीसहित मुद्दा दर्ता भएको थियो। 

विशेषले गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सिंहराज डाँगी र वडा नं. ८ का कार्यबाहक अध्यक्ष धनबहादुर रोकायाले भने यस मुद्दामा सफाइ पाएका छन्। यसैगरी, कार्यपालिका सदस्य रामकुमार नेपाली, वडा प्राविधिक इशारा बुढा र उपभोक्ता समितिका कोषाध्यक्ष निर्मला रोकायालाई पनि सफाइ दिने फैसला भएको छ। 

गत ११ माघमा आठजनालाई प्रतिवादी बनाउँदै मुद्दा दर्ता भएको थियो। उपभोक्ता समिति र गाउँपालिकाबीच सम्झौता भएअनुसारको काम नभएको, तर भुक्तानी भने पूरा भएको भेटिएको थियो।