१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Saturday, 10 May, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १४:o१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

सदनमा एमाले प्रमुख सचेतक बर्तौलाले भने- ‘निकुञ्ज पसेका नागरिकको सेनाले हत्या गर्‍याे’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १४:o१:oo

पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा रहेको जंगल गएका एक स्थानीयलाई नेपाली सेनाले गोली हानेर हत्या गरेको भन्दै एमालेका प्रमुख सचेतक महेश बर्तौलाले गोली हान्नेमाथि कारबाहीको माग गरेका छन्।

प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोलेका बर्तौलाले आरक्षको सुरक्षार्थ खटिएको नेपाली सेनाले जंगल गएका स्थानीयमाथि आक्रमण गरेको र हेटौँडा उपमहानगरपालिका– १४ घर भएका शुकबहादुर तितुङको हत्या गरेको भन्दै कारबाहीका लागि सरकारको ध्यानाकर्षण गराएका हुन्।

सुरक्षाकर्मीले सामान्य मानवीयता पनि नराखी छातीमा गोली ठोकेर हत्या गर्ने जघन्य अपराध गरेको उनको भनाइ थियो। ‘गणतन्त्रमा यसरी नागरिकलाई दिनदहाडै गोली ठोकेर मार्दिने जे परिस्थिति निर्माण भयो त्यो जघन्य अपराध हो,’ सांसद बर्तौलाले भने, ‘म यसमा संलग्न सुरक्षाकर्मीमाथि कडा कारबाही गर्न सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।’

उनले पर्सा वन्यजन्तु आरक्षका वार्डेनको प्रत्यक्ष निर्देशनमा घटना भएको पनि जिकिर गरे। निकुञ्ज क्षेत्रमा बसोवास गर्ने नागरिकले सधैँ पीडा पाइरहेको भन्दै उनले पीडित परिवारलाई आवश्यक क्षतिपूर्तिको पनि माग गरे।