मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १३:४५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जिबी राईलाई भगाउन गृहमन्त्री नै लागेको कांग्रेसको आशंका

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १३:४५:oo

प्रमुख प्रतिपक्षी कांग्रेसले सहकारीको बचत अपचलनका फरार आरोपी जिबी राईलाई भगाउन उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछाने लागेको आशंका व्यक्त गरेको छ।

प्रतिनिधिसभाको आजको बैठकको प्रारम्भमै आकस्मिक समय लिएर बोलेका कांग्रेस महामन्त्रीसमेत रहेका सांसद विश्वप्रकाश शर्माले यस्तो आशंका व्यक्त गरेका हुन्।

गृहमन्त्रीले जिबी राई बसेको स्थानको लोकेसन पत्ता लागिसक्यो भनेर सार्वजनिक गर्नुले यस्तो आशंका गर्नुपर्ने अवस्था आएको उनको भनाइ थियो।

‘लोकेसन पत्ता लागिसक्यो भनेको माइकबाटै फुक्नुको अर्थ के हुन्छ ?’ सांसद शर्माले प्रश्न गरे, ‘अभियुक्त पक्रिने के यो नयाँ शैली हो, केटाकेटीपन हो या जिबी राईलाई भगाउने नियत हो ?’

उनले लोकेसन पत्ता लगाइसक्यौँ भनेर गृहमन्त्रीले सार्वजनिक गरेको चार दिन भइसक्दा पनि उनलाई किन पक्राउ नगरिएको भन्दै आशंका व्यक्त गरे। प्रतिपक्षमा रहँदा अहिलेका गृहमन्त्रीले सरकारले जिबी राईलाई पक्राउ गर्न नचाहेको भन्दै चाहेको भए तत्कालै पक्राउ गर्न सकिन्थ्यो भनेर चर्को–चर्को कुरा गर्ने गरेको, तर अहिले आफू पदमा पुगेपछि स्टन्टबाजी मात्र गरिएको जिकिर गरे।

सांसद शर्माले सूर्यदर्शन सहकारीका पीडितहरू सर्वोच्च अदालतको बहस सुन्न आउँदा प्रहरीले रोकिदिएकोप्रति पनि आपत्ति जनाए। 

‘सूर्यदर्शन सहकारीका पीडितहरू सम्मानित सर्वोच्च अदालतको बहस सुन्न पोखराबाट काठमाडौं आएका थिए। अदालतले पाँचजनालाई पास पनि दियो। तर, प्रहरीले गेटमा रोकिदियो,’ उनले भने।