मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
रासस गोरखा
Invalid date format १७:२७:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बुढीगण्डकीलाई बहुउद्देश्यीय आयोजनाकै रूपमा अघि बढाउनुपर्छ : पूर्वप्रधानमन्त्री भट्टराई

Read Time : < 1 मिनेट
रासस, गोरखा
नयाँ पत्रिका
Invalid date format १७:२७:oo

पूर्वप्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले बुढीगण्डकी जलविद्युत् आयोजनालाई बहुउद्देश्यीय आयोजनाकै रूपमा अगाडि बढाउनुपर्ने बताएका छन्।

शनिबार गोरखामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले आयोजनाको विद्यमान अवस्था जारी रहेमा आयोजनाको काम अलपत्र पर्न सक्ने खतरा रहेको बताए।

‘नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनीबाट आयोजना बनाउन खोजिए बुढीगण्डकी बहुउद्देश्यीय आयोजनाका रूपमा बन्नै सक्दैन। प्राधिकरणको सहायक कम्पनीबाट बनाउने भनेको त हामीले जुन बहुउद्देश्यीय आयोजनाको परिकल्पना गरेका छौँ, त्यो सम्भव छैन। यो विषयमा गोर्खाली जनताले पनि आवाज उठाउनुपर्छ,’ उनले भने।

बुढीगण्डकीलाई बहुउद्देश्यीय आयोजनाका रूपमा अगाडि बढाउन बुढीगण्डकी विकास प्राधिकरण गठन गर्नुपर्नेमा उनले जोड दिए। ‘बुढीगण्डकी विकास प्राधिकरण गठन गरेर आयोजना निर्माण अगाडि बढाउन सकिए मात्र यो आयोजना राष्ट्रिय गौरवको आयोजनाका रूपमा बन्छ,’ भट्टराईले भने, ‘नत्र हामीले परिकल्पना गरिएअनुसार आयोजना बन्नै सक्दैन।’

वर्तमान सरकारले पनि बुढीगण्डकी आयोजना निर्माणको काम अगाडि बढाउन नचाहेको उनको दाबी छ। गोरखालाई विकास र समृद्धिको मोडलका रूपमा अगाडि बढाउनुपर्ने आफ्नो चाहना रहेको भए पनि आगामी आर्थिक वर्षका लागि केन्द्र सरकारले विनियोजन गरेको बजेटबाट उक्त सम्भावना नरहेको भट्टराईले बताए।