१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
तिवारी यादव वीरगन्ज
Invalid date format १८:४४:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पर्सा प्रहरीको स्मार्ट कन्ट्रोल रुमको उद्घाटन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १८:४४:oo

जिल्लामा हुँदै आएका विभिन्न गतिविधिलाई निगरानीमा राख्न पर्सा प्रहरी कार्यालयमा निर्माण भएको स्मार्ट कन्ट्रोल रुम सञ्चालनमा आएको छ।

प्रहरीले जिल्लाको दैनिक प्रहरी परिचालनलाई व्यवस्थित बनाउन कन्ट्रोल रुम सञ्चालनमा ल्याएको हो। शुक्रबार एक कार्यक्रमबीच  प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले स्मार्ट कन्ट्रोल रुमको उद्घाटन गरेका हुन्।

कन्ट्रोल रुमको उद्घाटन गर्दै प्रमुख जिल्ला अधिकारी भुसालले अहिले व्यवस्थित रूपमा कन्ट्रोल रुम सञ्चालनमा आएको र यसले प्रहरीलाई काम गर्न सजिलो हुने बताए। अब कुनै पनि गतिविधिहरूलाई छिटोछरितो सम्बोधन गरी अपराध रोकथाम, नियन्त्रणका साथै शान्ति सुरक्षाको अवस्थालाई प्रभावकारी बनाउन मद्दत पुग्ने उनको भनाइ थियो।

विगतमा सानो रुमबाट सञ्चालन हुँदै आएको प्रहरीको गतिविधि अब स्मार्ट रुमबाट निगरानी हुने पर्साका प्रहरी प्रमुख कुमोध ढुंगेलले बताए। उनले अब यसले आपराधिक गतिविधि निगरानीमा सहयोग पुग्ने बताए।