१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Friday, 04 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:१८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गृहमन्त्री लामिछानेविरुद्धकाे रिटको सुनुवाइ १८ असारमा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:१८:oo

उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई निलम्बन गर्न माग गरिएको रिटको सुनुवाइ असार १८ गतेलाई तोकिएको छ।

सर्वोच्च अदालतका न्यायाधीश सपना प्रधान मल्ल र शारंगा सुवेदीको इजलासले रिटलाई हेर्दाहेर्दैमा राखी असार १८ को अर्को पेसी तोकेको हो।

अधिवक्ता अनुपम भट्टराईले लामिछाने र महान्यायाधिवक्ता कार्यालयलाई विपक्षी बनाई रिट दायर गरेका थिए। लामिछानेमाथि रुपन्देही र कास्कीमा सहकारी ठगीको जाहेरी परे पनि महान्यायाधिवक्ता कार्यालयले उनीमाथि कुनै जाहेरी नपरेको भन्दै ‘क्लिन चिट’ दिएको थियो। त्यसविरुद्ध भट्टराईले रिट दर्ता गराएका हुन्।

रिट निवेदकको तर्फबाट बहस सकिएको छ। अब लामिछानेको तर्फको बहस बाँकी  छ।