मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८१ असार ७ शुक्रबार
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८१ असार ७ शुक्रबार १७:२१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अपांग संघमा १७० र सेनानी संघमा ९४ केन्द्रीय सदस्य मनोनीत

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ असार ७ शुक्रबार १७:२१:oo

नेपाली कांग्रेसको भ्रातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपांग संघको केन्द्रीय तदर्थ कार्यसमितिमा १७० केन्द्रीय सदस्य मनोनीत भएका छन्।

कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार सभापति शेरबहादुर देउवाले शुक्रबार प्रकाश पन्थको संयोजकत्वमा तदर्थ समितिमा सदस्य मनोनीत गरेका हुन्। ०६६ मा मान्यता पाएको संघका हालसम्म अधिवेशन नै हुन सकेको छैन। 

गत १२ मंसिरमा पन्थलाई तदर्थ समितिको  संयोजक मनोनीत गरिएको थियो। ढिलो गरी संयोजक तोकिए पनि ६ महिनासम्म सदस्य मनोनीत नहुँदा अधिवेशनको तयारी अगाडि बढ्न सकेको छैन।

त्यस्तै, नेपाल प्रजातन्त्र सेनानी संघको तदर्थ कार्यसमितिमा ९४ केन्द्रीय सदस्य मनोनीत भएका छन्। कांग्रेस मुख्यसचिव पौडेलका अनुसार बिहीबार सभापति देउवाले बालकृष्ण दाहालको संयोजक रहेको तदर्थ समितिमा ९० र शुक्रबार थप चार सदस्य  मनोनीत गरेका हुन्।

उक्त संघको पनि ०६४ पछि महाधिवेशन हुन सकेको छैन। १२ मंसिर ०८० मा दाहाललाई तदर्थ समिति संयोजक बनाइएको थियो।