१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ असार ६ बिहीबार
  • Friday, 27 June, 2025
२o८१ असार ६ बिहीबार o९:३३:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

ललितपुर महानगरको नीति तथा कार्यक्रम, आफैँले नमुना विद्यालय सञ्चालन गर्ने 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार ६ बिहीबार o९:३३:oo

- स्वास्थ्यकर्मी र औषधि उपकरणसहितको एम्बुलेन्स सञ्चालन
- प्रतिस्पर्धाका आधारमा प्रधानाध्यापक छनोट
- बिमा नवीकरणमा ४० प्रतिशत छुट 
- हरेक वर्ष एक हजार बिरुवा रोप्ने लक्ष्य 
- सिस्नेरी खोलाको पानी ल्याइने 
- थप स्थानमा वाटर एटिएम 

ललितपुर महानगरपालिकाले आगामी आर्थिक वर्षदेखि आफैँले विद्यालय सञ्चालन गर्ने भएको छ । बुधबार आर्थिक वर्ष ८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै महानगरका मेयर चिरिबाबु महर्जनले नमुना विद्यालय सञ्चालन, स्वास्थ्यकर्मी र औषधि उपकरणसहितको एम्बुलेन्स सञ्चालन, सत्यमोहन जोशी एकेडेमी स्थापना, विभिन्न स्थानमा थप वाटर एटिएम स्थापना पुल्चोक इन्जिनियरिङ क्याम्पसको क्रिकेट ग्राउन्ड स्तरोन्नति गरी सुविधायुक्त बनाउनेलगायत कार्यक्रम घोषणा गरेका हुन् । 

महानगरले चलाउने नमुना विद्यालयमा लगानी र शिक्षक कर्मचारी व्यवस्थापनसमेत आफैँले गर्नेछ । ‘महानगरअन्तर्गत सञ्चालित कम्तीमा दुईवटा सामुदायिक विद्यालयलाई ‘क’ श्रेणीको विशेष सुविधायुक्त विद्यालय वा अन्य संस्थागत विद्यालयसँगको सहयोग तथा सहकार्यमा नमुना विद्यालयको रूपमा सञ्चालन गरिनेछ,’ मेयर महर्जनले भने ।

यस्तै, अन्य सामुदायिक विद्यालयमा पनि प्रत्येक शुक्रबार अतिरिक्त क्रियाकलाप तथा सहक्रियाकलाप गरिनेछ । यस्तै, महानगरले विगतभन्दा फरक किसिमका योजना पनि अघि सारेको छ । प्रतिस्पर्धाका आधारमा प्रधानाध्यापक छनोट, बिमा नवीकरणमा ४० प्रतिशत छुट, परम्परागत राजकुलोलाई टीकाभैरवदेखि लगनखेलसम्म ल्याउनका लागि मुहानमा पानीको स्रोत विस्तार, हरेक वर्ष एक हजार बिरुवा रोपिने, मकवानपुरको सिस्नेरी खोलाको पानी ल्याइने, खेती गर्नेलाई करछुट, स्वास्थ्यकर्मी र औषधिसहितको एम्बुलेन्स सञ्चालन गर्नेेलगायत योजना अघि सारेको छ ।

महानगरले ट्रिपरलगायत मालवाहक सवारीसाधनको आवागमन करिडोर (नख्खु, बागमती)बाट मात्र सञ्चालन गर्ने, ठैब, हरिसिद्धि, धापाखेललगायतका आवासीय क्षेत्रबाट ट्रिपर चलाउन पाइने घोषणा पनि गरेको छ । ललितपुर महानगरपालिकाले सामुदायिक विद्यालयमा आर्थिक वर्ष ०८१/८२ देखि प्रतिस्पर्धाका आधारमा प्रधानाध्यापक छनोट गर्ने भएको छ ।