१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 01 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १८:४८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

अस्पतालमा लाइन लाग्नुपर्ने अवस्थाले जनतामा निराशा छ, सुधारको प्रयत्न गरिरहेको छु : मन्त्री यादव

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १८:४८:oo

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले स्वास्थ्य क्षेत्रको संरचनागत सुधारका लागि प्रयास गरिरहेको बताएका छन्।

विनियोजन विधेयकअन्तर्गत स्वास्थ्य मन्त्रालयको शीर्षकमा सांसदहरूले उठाएको प्रश्नमा जवाफ दिँदै मन्त्री यादवले जनशक्ति थप्नेदेखि अस्पतालहरूको सेवा सुधार, सेवा प्रक्रियालाई डिजिटलाइज गरेर सरल बनाउन आफ्नो टिमले काम गरिरहेको बताए। 

‘समग्र सुधार गर्न आवश्यक छ। धेरै क्रान्तिकारी कुरा गरेर समस्याको समाधान हुँदैन। अहिले भएको संरचना र अस्पताल कसरी सुधार गर्ने भन्नेमा केन्द्रित छु। त्यो सुधार गर्‍यो भने नागरिकको सास्ती, समस्या समाधान हुन्छ। त्यो समस्या समाधान र भएको संरचना सुधारका लागि स्वास्थ्य मन्त्रालय कटिबद्ध छ। त्यसको लागि हाम्रो टिम इमानदारीपूर्वक खटिइरहेको छ,’ उनले भने। 

मन्त्री यादवले सुधारका लागि पूर्वस्वास्थ्यमन्त्रीहरूसँग सल्लाह लिइरहेको पनि जानकारी गराए। ‘स्वास्थ्य क्षेत्रका जानकार सांसद, विज्ञहरूसँग पनि सल्लाह लिएर सुधारमा अगाडि बढिरहेका छौँ। विगतका मन्त्रीहरूले अघि बढाएको राम्रो कामलाई निरन्तरता दिइरहेको छु,’ उनले भने।

अस्पतालहरू तथा फार्मेसीमा प्रक्रियागत झन्झटले बिरामी लाइन बस्नुपर्ने अवस्था रहेको र यसले चरम निराशा पैदा गरेको भन्दै मन्त्री यादवले स्वास्थ्य क्षेत्रको आमूल सुधारका लागि संसद्को सहयोग पनि आवश्यक रहेको बताए। 

‘फार्मेसीमा बेथिति छ। अस्पतालमा बिरामीलाई सास्ती छ। लाइन लाग्नुपर्ने अवस्था छ। भनेको औषधि पाउँदैन। जनता यति निराश छन्– लाइन लगाएर खुसी पार्ने ? हामीले ठूलो ठूलो कुरा गरेर हुँदैन। सुधार कसरी गर्ने भनेर लागेको छु,’ उनले भने।

मन्त्री यादवले सांसदहरूको प्रश्न र सुझावहरूले सुधारका लागि थप बल दिएको भन्दै थपे, ‘हामी मिलेर काम गरौँ। नयाँ जोश, जाँगरका साथ सुधारका लागि कटिबद्ध छौँ,’ उनले भने।