१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
Invalid date format १७:२८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आगलागीबाट बारामा १५ लाखको धनमाल जलेर नष्ट

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १७:२८:oo

बाराको निजगढस्थित सिंगौलमा सोमबार दिउँसो आगलागी हुँदा १५ लाख रुपैयाँबराबरको क्षति भएको छ। निजगढ नगरपालिका वडा नम्बर २ सिंगौलमा भएको आगलागीबाट एउटा घर जलेर नष्ट भएको छ।

इलाका प्रहरी कार्यालय निजगढका निरीक्षक सुमित कुशवाहाका अनुसार स्थानीय लीलाधर सापकोटाको घरमा दिउँसो १ः३० बजेतिर आगो लागेको हो।

भैँसीलाई कुँडो पकाउने क्रममा अचानक आगो सल्किएर घरगोठमा राखिएको अन्नपात, लत्ताकपडा, भाँडावर्तन र काठपात जलेर नष्ट भएको प्रहरीले जनाएको छ।

आगलागीको खबर पाएलगत्तै अस्थायी प्रहरी पोस्ट सिंगौल र इलाका प्रहरी कार्यालय निजगढबाट गएको प्रहरी टोलीसँगै सशस्त्र प्रहरीको विपद् बेसक्याम्प निजगढको टोली, स्थानीय र निजगढ नगरपालिकाको दमकलको मद्दतमा दिउँसो २ बजेतिर आगो नियन्त्रणमा लिइएको थियो।

आगलागीबाट मानवीय क्षति नभएको प्रहरी निरीक्षक कुशवाहाले जानकारी दिए।