मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 14 July, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o८:oo:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

सुस्मिताले ओलम्पिक खेल्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o८:oo:oo

सुटिङ खेलाडी सुस्मिता नेपालले फ्रान्समा हुने पेरिस ओलम्पिक २०२४ खेल्ने पक्का भएको छ । सुस्मिता वाइल्ड कार्डमार्फत ओलम्पिकमा छनोट भएकी हुन् । उनले १० मिटर एयर राइफलमा चुनौती पेस गर्नेछिन् ।

२६ जुलाईबाट ११ अगस्टसम्म फ्रान्सको राजधानी पेरिसमा हुने ३३औँ ओलम्पिकका लागि अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी)ले सुस्मितालाई वाइल्डकार्ड दिने निर्णय गरेको हो । आइओसीबाट सुस्मिताले वाइल्डकार्ड पाएसँगै नेपालबाट ६ खेलाडीले पेरिस ओलम्पिक खेल्ने पक्का भएको छ ।

सुस्मिताअघि ब्याड्मिन्टनका प्रिन्स दाहाल, पौडीका डुआना लामा र एलेक्स शाह तथा एथ्लेटिक्सकी सन्तोषी श्रेष्ठले युनिभर्सल कोटा प्राप्त गरेका थिए । टेबलटेनिसका स्यान्टु श्रेष्ठले भने नेपालमै आयोजना भएको दक्षिण एसियाली छनोटबाट ओलम्पिक खेल्ने पक्का गरेका हुन् ।

उनले नेपालकै संयोग कपालीलाई फाइनलमा हराएका थिए । स्यान्टु छनोट भएर सीधै ओलम्पिक खेल्ने तेस्रो खेलाडी हुन् । यसअघि तेक्वान्दोबाट दीपक विष्ट र संगीना वैद्यले यो उपलब्धि हासिल गरेका थिए ।