मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
Invalid date format २o:o२:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

बागमतीकाे बजेट ६४ अर्ब ५४ करोड, चालूकाे तुलनामा झन्डै दुई अर्ब बढी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format २o:o२:oo

बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०८१/८२ का लागि ६४ अर्ब ५४ करोड चार लाख ३१ हजार रुपैयाँबराबरको बजेट सार्वजनिक गरेको छ।

प्रदेश सरकारले चालू आर्थिक वर्षको तुलनामा एक अर्ब ८४ करोड रुपैयाँ बढीको बजेट ल्याएको हो। चालू आर्थिक वर्षमा प्रदेश सरकारले ६२ अर्ब ७० करोड रुपैयाँको बजेट प्रस्तुत गरेको थियो।

प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री जगन्नाथ थपलियाले शनिबार बसेको प्रदेश सभा बैठकमा प्रस्तुत गरेको कुल बजेटमध्ये चालूतर्फ २६ अर्ब १० करोड १६ लाख ८२ हजार र पुँजीगततर्फ ३६ अर्ब ९३ करोड ८७ लाख ४९ हजार रुपैयाँ छ। यस्तै, वित्तीय व्यवस्थापनतर्फ एक अर्ब ५० करोड विनियोजन गरिएको छ।

कुल बजेटको चालूतर्फ ४० दशमलव ४४ प्रतिशत, पुँजीगततर्फ ५७ दशमलव २३ प्रतिशत र वित्तीय व्यवस्थातर्फ दुई दशमलव ३२ प्रतिशत बजेट विनियोजन गरिएको छ।

आगामी आर्थिक वर्षको खर्च व्यहोर्ने स्रोतमध्ये कर राजस्वबाट रु. २७ अर्ब ३८ करोड ५७ लाख र अन्य राजस्वबाट ६ अर्ब ५१ करोड १६ लाख ७९ हजार, संघीय वित्तीय हस्तान्तरणमार्फत १५ अर्ब ५७ करोड ५६ लाख, प्रदेश सञ्चित कोष र अन्य प्राप्तिबाट १४ अर्ब ८६ करोड १४ लाख ५१ हजार बेहोरिने अनुमान गरिएको छ।