मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 14 July, 2025
Invalid date format १६:११:oo
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

गिट्टी-बालुवाको सट्टा बाटोकै माटो साेहाेरेर सडक निर्माण, रामपुर बसेर हुन्छ निस्दीको अनुगमन !

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १६:११:oo

बाटोकै रातो माटो, अलि-अलि गिट्टी बालुवा र सिमेन्ट मिलाएर सडकमा ‘असारे विकास’ चलिरहेछ। सडक डिभिजन कार्यालय पाल्पालाई कुनै चासो छैन। अनुगमनको जिम्मेवारी पाएका व्यक्ति ‘फिल्डमा छु’ भनेर आफ्नो निजी काममा व्यस्त हुन्छन्। महिनाको अन्तमा हाजिर मिलान गर्छन् र तलब-भत्ता पचाउँछन्।

अहिले काम भइरहेको ठाउँ सुगम रामपुरबाट झन्डै २ घण्टा कच्ची बाटो गुड्नुपर्छ। साइट हेर्ने जिम्मा लिएर डिभिजन सडकबाट गएका कर्मचारी फिल्डमा नगई रामपुर नै बस्छन्। 

निस्दी गाउँपालिका–४ गगरे खोल्सीनजिकै कमसल काम भइरहेको छ। सडक डिभिजन कार्यालय पाल्पासँग ठेक्का सम्झौता गरेको अमृत कन्स्ट्रक्सन पाल्पाले निस्दी अरुणखोला मित्याल बेलडाँडा सडकखण्डमा ग्याभिङ, नाली, रिटेनिङ वाल र ग्राभलको काम गरिरहेको छ।

निमार्णाधीन सडकमा बालुवा, ढुंगा, गिट्टी र सिमेन्टको रेसियो नमिलाइएको र काममा लापरबाही गरिएको अनुगमनमा पुगेका निस्दी गाउँपालिकाका इन्जिनियर सञ्जय खनालले बताए। उनले भने, ‘रिटेनिङ वाल र नालीमा प्रयोग गरिएको मसलामा बाटोकै माटोसमेत राखेर गुणस्तरहीन काम भएको सजिलै थाहा हुन्छ। संघ र प्रदेशबाट हुने काममा धेरै यस्तै समस्या छ।’

अनुगमनका लागि पुगेकी गाउँपालिका उपाध्यक्ष तिरकुमारी श्रेश्ठले काम बन्द गर्नका लागि डिभिजन कार्यालय पाल्पालाई पत्र लेख्ने बताइन्। उपाध्यक्ष श्रेष्ठले यस्ता कमशल काम गरेर जनता झुक्याउन नहुने र यो काम रोक्ने चेतावनी दिइन्। 

सडक डिभिजन पाल्पाका प्रमुख बाबुराम सापकोटाले उतै बसेर हेर्ने गरी (कार्य क्षेत्रमा) इन्जिनियरको व्यवस्था गरिएको तर उनीहरूले नहेर्दा समस्या भएको बताए। उनका अनुसार कागज र कुरामा तर्क गर्ने, तर काम नगर्ने डिभिजन सडकका कारण पाल्पामा निर्माण भएका सडकको गुणस्तरमा सधैँ प्रश्न छन्।

साइट हेर्ने जिम्मेवारी पाएका इन्जिनियर प्रताप माकसँग यसबारे बुझ्दा उनले भने, ‘अस्ति सब–इन्जिनियर पुगेका थिए। केही भएको रहेछ भने सच्याउँला।’ 

जब कि एक सातादेखि सो क्षेत्रमा डिभिजन सडकबाट कुनै कर्मचारी नपुगेको स्थानीय बताउँछन्। अमृत कन्स्ट्रक्सनमार्फत सम्झौता गरेर काम गरेका लक्ष्मण फालले डिभिजन सडकबाट कुनै अनुगमनै नभएकाले कामदारले बदमासी गरेको आफैँ साइटमा नगएसम्म थाहा नहुने बताए। 

फालले गल्ती भएको स्वीकार गर्दै सच्याउन तयार रहेको बताए। उनले भने, ‘तयार गर्न लागेको मसलामा ढुंगाको धुलो परेकोले सँगै मुसिएको रहेछ। म सच्याउन तयार छु।’

साइटमा काम सुरु भएको जानकारी गराउँदा पनि सुपरभाइजरहरू नआइदिँदा समस्या भएको फालको भनाइ छ।