१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Wednesday, 02 July, 2025
Invalid date format १५:४७:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नाला खन्दा पुरिएर ज्यान गुमाएका तीनैजनाको सामूहिक अन्त्येष्टि 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १५:४७:oo

नवलपुरको कावासोतीमा नाला खन्दा पुरिएर मृत्यु भएका तीनजना मजदुरको शनिबार दिउँसो सामूहिक रूपमा अन्त्येष्टि गरिएको छ। 

कावासोती-३ को चिहान डाँडामा बौद्ध धर्म संस्कारअनुसार उनीहरूको अन्त्येष्टि गरिएको नेपाल मगर संघ कावासोतीका अध्यक्ष सुनमाया थापामगरले बताइन्। 

कावासोती- २ फलफूल चोकमा नाला खन्ने क्रममा एक्कासि खसेको माटोले पुरिएर बिहीबार साँझ कावासोती- ५ निवासी ५१ वर्षीया सेती राना, २६ वर्षीया तानमाया गाहा र ३२ नर्षीया चमेली दर्लामीको निधन भएको थियो। 

शुक्रबार पीडित पक्ष र कावासोती नगरपालिकाका जनप्रतिनिधिबीच १० बुँदे सहमतिपछि उनीहरूको अन्त्येष्टि गरिएको मृतकका आफन्त एवं स्थानीय बासिन्दा भेषराज गाहाले बताए। 

मृतकहरूको शनिबार मध्यविन्दु जिल्ला अस्पतालमा पोस्टमार्टमपछि आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलले बताए। 

नाला खन्ने क्रममा तीनजना मजदुरको ज्यान गरेपछि नगरपालिका, प्राविधिक, उपभोक्ता समिति र ठेकेदारको लापरबाहीका कारण उनीहरूको ज्यान गएको भन्दै पीडित पक्षले शुक्रबार दिनभर कावासोतीमा प्रदर्शन गरेका थिए। 

प्रदर्शनको क्रममा तोडफोड र पटक-पटक झडप भएपछि शनिबार पनि कावासोती नगरपालिका र नगर प्रमुख विष्णुप्रसाद भुसालको घरअगाडि सुरक्षा व्यवस्था कडा पारिएको छ।