मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८१ असार १ शनिबार
  • Tuesday, 01 September, 2026
२o८१ असार १ शनिबार १४:३१:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मुगुकाे लामाचौरमा आगलागी हुँदा तीनतले घर जलेर नष्ट 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ असार १ शनिबार १४:३१:oo

मुगुमा शुक्रबार राति आगलागी हुँदा तीनतले घर जलेर नष्ट भएको छ। छायानाथ रारा नगरपालिका–३ लामाचौरमा होटेल व्यवसाय सञ्चालन गर्दै आएका लालचन्द भण्डारीको तीनतले घर जलेर पूरै नष्ट भएको हो। 

सबै सुतेको समयमा एक्कासि कसरी आगलागी भयो भन्नेबारे खुलेकाे छैन। आगो लाग्नासाथ नेपाली सेना, नेपाल प्रहरी, नगर प्रहरी, बजारवासीका साथै तल र माथि तुमगाउँका स्थानीयले आगो नियन्त्रण लिने प्रयास गरेका थिए। 

खडेरी र पर्याप्त पानी नहुँदा समयमै आगो नियन्त्रणमा ल्याउन नसकिएको स्थानीयले बताए। रातिको २ बजे मात्रै आगो नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय  मुगुका प्रमुख प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले बताए। घरभित्र रहेकाे अन्नबाली सबै सामान जलेर खरानी भएको छ।