१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३१ बिहीबार
  • Sunday, 01 June, 2025
२o८१ जेठ ३१ बिहीबार २१:२९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नगरपालिकाले खन्दै गरेको नालामा पुरिएर तीन मजदुरको निधन 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८१ जेठ ३१ बिहीबार २१:२९:oo

पूर्वी नवलपरासीको कावासोती नगरपालिकामा नगरपालिकाले निर्माण गर्दै गरेको नालामा पुरिएर तीनजना मजदुरकाे निधन भएको छ। ज्यान गुमाउनेमा सबै महिला रहेका छन्। उनीहरू सबै नालामा काम गर्दै गरेका मजदुर हुन्। 

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार नालामा एक्कासि पहिरो खस्दा ३ जनाको निधन भएको हो। 

पौडेलले निर्माणाधीन नाला (ढल) निकासीको लागि ह्युमपाइप राख्ने क्रममा कावासोती ३ फलफूल चोकमा नालामा काम गर्ने क्रममा अचानक सोही ठाउँमा खनी जम्मा पारेको माटोको ढिस्को खसेर पुरिएको थियो। 

प्रहरीका अनुसार ढिस्कोले पुरिएर कावासोती ५ लक्ष्मीनगरनिवासी ५१ वर्षीया सेती राना, २६ वर्षीया तानमाया गाहा र ३२ वर्षीया चमेली दर्लामीको निधन भएको हो। 

उनीहरूलाई जेसिबी र स्थानीयको सहयोगमा प्रहरीले उद्धार गरेर जिल्ला अस्पताल डन्डा पुर्‍याए लगत्तै अस्पतालले मृत घोषणा गरेको हो। उक्त नाला विश्व बैंकको ७ करोड सहयोगमा निर्माण गरिएको थियो। केही दिनभित्र काम सक्ने गरी काम भइरहेको थियो। 

यसैबीच, स्थानीयले नगरपालिकाले वर्षायाम सुरु भएपछि काम लगाएका कारण मजदुरको ज्यान गरेको भन्दै नगरप्रमुख विष्णु भुसालको घर घेरेर ढुंगामुढा गरेका छन्। 

स्थानीयले उक्त नाला ठूलो भएको र वर्षामा काम गर्दा कुनै दुर्घटना हुन सक्ने भन्दै नगरपालिकाको कामको विरोध गर्दै आएका थिए।