मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ ३१ बिहीबार
  • Monday, 17 March, 2025
रासस काठमाडौँ
२o८१ जेठ ३१ बिहीबार १३:१६:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

‘राष्ट्रिय परिचयपत्र अनिवार्य गरिँदा ज्येष्ठ नागरिकले दुःख पाए’

Read Time : < 1 मिनेट
रासस, काठमाडौँ
नयाँ पत्रिका
२o८१ जेठ ३१ बिहीबार १३:१६:oo

प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले राष्ट्रिय परिचयपत्र एवं पञ्जीकरण विभागले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएकाले ज्येष्ठ नागरिक र अपांगता भएका नागरिकले दुःख पाएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

आजको बैठकको शून्य समयमा सांसद विद्या भट्टराईले पूर्वतयारी नगरी सामाजिक सुरक्षा भत्ताका लागि परिचयपत्र नम्बर अनिवार्य गरिँदा नागरिकले हैरानी पाएकाले यसलाई तत्काल समाधान गर्न आग्रह गरिन्। उनले वडास्तरमा निश्चित अवधि तोकेर घुम्ती शिविर सञ्चालन गर्न पनि आग्रह गरिन्।

सांसद मीना लामाले ‘विपन्न नागरिक उपचार कार्यक्रम’मा सबै रोगको उपचार गर्दा रु. एक लाखबराबरको राहत रकम उपलब्ध गराउने व्यवस्था गरिए पनि पछिल्ला दिनमा उक्त उपचार सुविधाको सीमा घटाइएकोप्रति गुनासो गरिन्। उनले अर्थ मन्त्रालयसँग समन्वय गरेर आवश्यक रकमको व्यवस्था गर्नुपर्ने बताइन्।

सांसद विनिताकुमारी सिंहले नेपाली युवाको सुगम रोजगारीको गन्तव्यका रूपमा परिचित खाडी क्षेत्र र मलेसियामा बिमालगायत स्वास्थ्य सुविधा नपाएकोप्रति सरकारको ध्यानाकर्षण गराइन्।