१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका
२०७६ जेठ २ बिहीबार ०७:२८:००
Read Time : < 1 मिनेट
राजनीति

राजपा–समाजवादी एकता वार्ता अवरुद्ध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७६ जेठ २ बिहीबार ०७:२८:००

राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल र समाजवादी पार्टी, नेपालले आ–आफ्ना अडान नछाडेपछि दुई दलबीचको एकता–संवाद अवरुद्ध भएको छ । एकता प्रक्रिया सुरु गर्न समाजवादी पार्टीले तत्काल सरकार छोड्नुपर्ने राजपाको अडान छ ।

नवगठित समाजवादी पार्टी भने सरकार छाड्ने विषयमा एकतापछि निर्णय गर्न सकिने भन्दै पहिले एकता प्रक्रिया अगाडि बढाउनुपर्ने पक्षमा छ । आ–आफ्ना अडान नछाडेपछि दुई दलबीच एकताका लागि औपचारिक छलफल नै हुन नसकेको हो । 

राजपा अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले भने, ‘सरकार पनि नछाड्ने र नीति तथा कार्यक्रममा पनि विरोध नगर्ने पार्टीसँग वार्ता र छलफल गर्नुको औचित्य छैन । हाम्रो मुख्य मुद्दा संविधान संशोधन हो । समाजवादीका नेताहरूको  यसबारे स्पष्ट धारणा नआएसम्म छलफल हुँदैन ।’ 

समाजवादी पार्टीका वरिष्ठ नेता अशोक राईले संविधान संशोधनबारे प्रधानमन्त्रीले प्रतिबद्धता जनाएकाले केही समय कुर्ने बताएका छन् । ‘हामी प्रधानमन्त्रीलाई समय नदिई सरकार छाड्दैनौँ । हाम्रा माग पूरा भएनन् भने प्रधानमन्त्रीलाई जानकारी गराएर समय दिन्छौँ,’ राईले भने, ‘संविधान संशोधन नभए मात्रै सरकारबाट बाहिरिन्छौँ ।’