Skip This
प्रेरक प्रसंग : छोरीबाट शिक्षा
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १७ बिहीबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडाैं
२o८१ जेठ १७ बिहीबार o६:o५:oo
Read Time : < 1 मिनेट
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : छोरीबाट शिक्षा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८१ जेठ १७ बिहीबार o६:o५:oo

आफूले ख्यालख्यालमै सुरु गरेको चुरोट र रक्सी सेवनले आफूलाई भित्रभित्रै खाइरहेको छ भन्ने उनलाई राम्रै थाहा थियो । उनी बिस्तारै कडा अम्मली भइसकेका थिए । उनी यसको लत छोड्ने प्रयास पनि गरिरहेका थिए ।

तर, त्यसमा सफल भइरहेका थिएनन् । उनले आफ्ना गुरुलाई चुरोट र रक्सी छोड्ने तरिका सिकाउन पटक–पटक आग्रह गरे । एकैपटक जबर्जस्ती छाड्दा शरीरलाई हानि पनि गर्न सक्छ भन्दै गुरुले पहिले चुरोट र रक्सी सेवन कम गर्दै जान सल्लाह दिए । उनी आफ्नो बानीमा सुधार गरेर सकभर चुरोट र रक्सी सेवन घटाउँदै जान चाहन्थे, तैपनि उनी सफल भएनन् । 

चुरोट त उनी सेवन गर्थे नै । एक दिन उनी रक्सीसमेत सेवन गरेर घर पुगे । घर पुग्नेबित्तिकै उनकी सानी छोरी खुसीले बाबा ! बाबा !! भन्दै अँगालो हाल्न आइपुगिन् । छोरी त्यसरी आएको देखेर उनी पनि खुसी भए । उनले पनि छोरीलाई अँगालोमा बेरेर काखमा राखे र अनि म्वाइँ खान खोजे । तर, रक्सी र चुरोटको दुर्गन्धका कारण छोरीले आफ्नो मुख अर्कैतिर फर्काइन् । 

यस घटनाले उनी निकै दुःखी भए । उनी भित्रभित्रै छट्पटिए । उनले मनमनै त्यस दिनदेखि रक्सी र चुरोट सेवन जसरी भए पनि त्याग्ने अठोट गरे । केही दिनको कठोर संयमपछि उनी त्यसमा सफल पनि भए । त्यस दिनदेखि उनले कहिल्यै रक्सी र चुरोट सेवन गरेनन् । उनी अरू कोही नभई बलिउड सिने जगत्का विख्यात निर्देशक महेश भट्ट थिए भने ती सानी छोरी चर्चित नायिका पूजा भट्ट थिइन् ।