Skip This
जेनेभा सम्मेलनमा मन्त्री यादवले भने- स्वास्थ्य प्रणाली सुधार्न मिलेर काम गर्न प्रतिबद्ध छौँ
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १६ बुधबार
  • Saturday, 27 July, 2024
नयाँ पत्रिका काठमाडौं
२o८१ जेठ १६ बुधबार १४:१२:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जेनेभा सम्मेलनमा मन्त्री यादवले भने- स्वास्थ्य प्रणाली सुधार्न मिलेर काम गर्न प्रतिबद्ध छौँ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८१ जेठ १६ बुधबार १४:१२:oo

स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप यादवले जेनेभामा भइरहेको ७७औँ विश्व स्वास्थ्य सम्मेलनमा सम्बोधन गरेका छन्।

मंगलबार युरोपेली देश स्विजरल्यान्डस्थित जेनेभामा आयोजना गरिएको कार्यक्रमलाई नेपाल सरकारको प्रतिनिधिका रूपमा सम्बोधन गर्दै मन्त्री यादवले नेपालको स्वास्थ्य प्रणालीलाई बलियो बनाउँदै नागरिकको स्वास्थ्यका क्षेत्रमा काम गरिरहेको जानकारी दिए। 

‘धेरै चुनौतीका बाबजुद पनि नेपालले स्वास्थ्य क्षेत्रमा प्रगति गरेको छ । कोभिड महामारीले सिकाएको पाठपछि हामी नेपालको स्वास्थ्य प्रणालीलाई बलियो बनाउन विश्वव्यापी, क्षेत्रीय र राष्ट्रिय एजेन्सीहरू र संस्थाहरूसँग मिलेर काम गर्न प्रतिबद्ध छौँ,’ मन्त्री यादवले भने। 

सम्मेलनमा मन्त्री यादवले कोभिड महामारीबाट धेरै पाठ सिकेको भन्दै नेपालमा थप बलियो स्वास्थ्य सेवा सुविधाहरू राख्न र स्वास्थ्य आपतकालीन र भविष्यको महामारीको सामना गर्न राम्रोसँग काम अगाडि बढाइरहेको पनि जानकारी गराए। 

नेपालले पछिल्लो दुई दशकमा मातृ र बालबालिकाको स्वास्थ्यसँगै औसत आयुको क्षेत्रमा उल्लेख्य प्रगति गरेको जानकारी दिँदै मन्त्री यादवले स्वास्थ्य क्षेत्रलाई प्राथमिकता दिएको बताए। 

उनले जलवायु परिवर्तन, कोभिड– १९ महामारी र द्रुत सहरीकरणका प्रभावहरूले जनस्वास्थ्यप्रतिको दृष्टिकोणलाई पुनः अवलोकन गर्न बाध्य बनाएको पनि जिकिर गरे। 

मन्त्री यादवले स्वास्थ्य क्षेत्रमा सर्वव्यापी पहुँच प्राप्त गर्न र दिगो विकास लक्ष्यहरू पूरा गर्न स्थानीय आवश्यकताहरूलाई सम्बोधन गर्न आवश्यक रहेको कुरामा पनि जोड दिए।