मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 12 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format १३:५५:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

आगामी आर्थिक वर्षकाे बजेट स्वागतयाेग्य : हान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format १३:५५:oo

होटेल संघ नेपाल (हान)ले मंगलबार सरकारले ल्याएकाे आगामी आर्थक वर्षकाे बजेटकाे स्वागत गरेकाे छ।

बजेटले निर्धारण गरेका विकासका पाँच रुपान्तरणकारी मुख्य क्षेत्रमध्ये छिटो आर्थिक समृद्धि दिन सक्ने पर्यटन क्षेत्रलाई पहिचान गरी प्राथमिकताका साथ घोषणा हुनु स्वागतयाेग्य भएकाे जनाएको छ।

संघले जारी गरेको प्रेस वक्तव्यमा सातै प्रदेश समिटिने गरी प्रमुख पर्यटकीय गन्तव्यको प्रोफाइल तयार गर्ने गतिविधि अवधारणा उल्लेखनीय रहेको उल्लेख छ।

व्यापक पर्यटकीय सम्भावना बोकेको भारत र चीनसँगको क्रस बोर्डर पर्यटन विकासका लागि घोषित बुद्ध, शिव, रामायण परिपथ र सीमाबाट नेपालका प्रमुख तीर्थस्थलसम्म सीधा बससेवा, सीमा क्षेत्रमा पर्यटकलाई एकद्वार सेवा प्रदान गर्ने घोषणा उपयुक्त रहेको हानकाे ठहर छ।

यस्तै, हानले मध्यपहाडी लोकमार्गमा टाकुरा पर्यटन हिल स्टेसन विकास गर्ने, होटेल रिसोर्ट सञ्चालनका लागि जग्गा लिजमा दिने, ग्रेटर हिमालयन, मुन्धुम र गुरिल्ला ट्रेल व्यवस्थित गर्ने बजेटको योजना सकारात्मक रहेकाे जनाएकाे छ। 

बजेटले घोषणा गरेको हिमालयन रिसोर्स सेन्टरको अवधारणा, जनकपुरकेन्द्रित वेडिङ डेस्टिनेसन र लुम्बिनीमा बर्थिङ हब र  प्रदेशमा सञ्चालन गरिने मास्टर किचेनकाे घाेषणाप्रति हानले समर्थन गरेकाे छ। 

१६ लाख पर्यटक भित्र्याउने लक्ष्य मौजुदा होटेल र पर्यटनको सेवा क्षमताको आधा मात्र रहेको जनाउँदै काठमाडौंलगायत नवनिर्मित भैरहवा र पोखराको अन्तर्राष्ट्रिय उडानहरू सञ्चालन गर्न सके हालको पर्यटक आगमन दोब्बर गर्न सकिने जनाउँदै सरकारको नीति तथा कार्यक्रममा प्रमुखताका साथ उल्लिखित भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट वैदेशिक उडान बढाउने कुनै पनि कुरा बजेट वक्तव्यमा नआएको संघले औँल्याएको छ।