१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Monday, 23 June, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:४९:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

ऊर्जा क्षेत्रमा ५० अर्ब ७४ करोड बजेट, के–के छन् लक्ष्य ? 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:४९:oo

सरकारले आगामी आर्थिक वर्ष ०८१/८२ मा नौ सय मेगावाट विद्युत् राष्ट्रिय प्रसारण प्रणालीमा थप गर्ने घोषणा गरेको छ। 

अर्थमन्त्री वर्षमान पुनले मंगलबार संसदमा आगामी आवको बजेट पेस गर्दै यस्तो बताएका हुन्। आगामी आवमा विद्युतकाे जडित क्षमता चार हजार पाँच सय मेगावाट पुर्याउने लक्ष्य राखिएको छ। 

यसैगरि प्रतिव्यक्ति विद्युत् खपत ४५० युनिट पुर्‍याउने सरकारको लक्ष्य छ। आगामी आवदेखि बंगलादेशमा विद्युत् निर्यात सुरु गरिनेछ। 

यसैगरी, विद्युत् प्रसारणलाइन निर्माणमा निजी क्षेत्रलाई समावेश गरिने पनि उनले बताए। जलाशययुक्त आयोजना बनाउन बाँध र विद्युत्गृह छुट्टाछुट्टै प्रवर्द्धकबाट बनाउने नीति ल्याइने पनि उनले बताए। 

यस्तै, १२ सय मेगावाटको बुढीगण्डकी, ६७० मेगावाटको दुधकोशी, ४१७ मेगावाटको नलसिंहगाड र २८० मेगावाटको नौमुरे जलाशययुुक्त आयोजनाको निर्माण सुरु गर्ने सरकारको घोषणा छ। 

वैदेशिक रोजगारीमा भएका व्यक्तिका लगानीमा ७७.५ मेगावाट घुन्सा र ७०.३ मेगावाटको सिन्वा जलविद्युत् परियोजनाको निर्माण गरिने बताइएको छ। 

१०६३ मेगावाटको माथिल्लो अरुण, १०६ मेगाावाटको जगदुल्लालगायतको आयोजनाको निर्माण सुरु गरिनेछ। १० हजार  आठ सय मेगावाटको विस्तृत अध्ययन सम्पन्न गरिने पनि उनले बताए। हरित हाइड्रोजनको प्रवर्द्धन गरिने पनि उनले बताए। 

यस्तै, प्रसारणलाइन प्रभावित क्षेत्रलाई पनि सेयर दिने नीति ल्याइने उनले बताए। समग्रमा ऊर्जा क्षेत्रका लागि ५० अर्ब ७४ करोड छुट्याइएको अर्थमन्त्री पुनले बताए।