Skip This
पत्रकार महासंघ संखुवासभाको कार्यालयमा तालाबन्दी
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १४ सोमबार
  • Monday, 17 June, 2024
नवीन गुरुङ संखुवासभा
२o८१ जेठ १४ सोमबार १७:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
समाचार डिजिटल संस्करण

पत्रकार महासंघ संखुवासभाको कार्यालयमा तालाबन्दी

Read Time : < 1 मिनेट
नवीन गुरुङ, संखुवासभा
नयाँ पत्रिका
२o८१ जेठ १४ सोमबार १७:२७:oo

पत्रकारहरूको छाता संस्था नेपाल पत्रकार महासंघ संखुवासभा शाखाको कार्यालयमा तालाबन्दी गरिएको छ।

सोमबार पत्रकार महासंघ केन्द्रीय कार्यालयले सदस्यता शुद्धीकरणको नाममा क्रियाशील पत्रकारहरूको सदस्यता हटाएको विरोधमा संखुवासभाका चारवटा संस्थाहरूले तालाबन्दी गरेको हो।

पत्रकार महासंघका अध्यक्ष इन्द्र गिरीलाई कार्यालयबाट बाहिर निकाली कार्यालयमा संखुवासभाका चारवटा संस्था प्रेस युनियन, प्रेस सेन्टर, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) र राष्ट्रिय फोटो पत्रकार समूहले संयुक्त रूपमा तालाबन्दी गरेको हो।

उनीहरूले संयुक्त विज्ञप्ति जारी गर्दै पत्रकार महासंघ संखुवासभामा ३९ जना सदस्यहरू रहेकोमा ०८० वैशाख १८ गते बसेको बैठकद्वारा ३३ जना सक्रिय पत्रकार सदस्यहरूको नवीकरण गर्न केन्द्रमा सिफारिस गरिएकोमा शुद्धीकरणको नाममा सदस्यता हटाएको पूर्ण असहमति जनाउँदै विरोधस्वरूप तालाबन्दी गरिएको जनाएको छ।

जिल्ला शाखाबाट पठाएको नामावलीलाई हुबहु कार्यन्वयन गरी सदस्यता नवीकरण दिन हुनसमेत विज्ञप्तिमार्फत आग्रह गरेका छन्।

माग सम्बोधन नभए पत्रकार महासंघका केन्द्रीय कार्यालयले गरेको गैरजिम्मेवार कदमविरुद्ध जिल्लाका पत्रकारहरू जस्तोसुकै कदम चाल्न बाध्य हुने र त्यसबाट सिर्जित बिषम् परिस्थितिको जिम्मेवारी पत्रकार महासंघ प्रदेश र केन्द्रीय कार्यालयले लिनुपर्ने चेतावनी समेत दिएको छ। 
 

ad
ad
ad
ad