Skip This
आँधीका कारण बंगलादेशमा मृत्यु हुनेको संख्या १० पुग्यो, ३० हजार घर पूर्ण रूपमा क्षतिग्रस्त
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १४ सोमबार
  • Monday, 17 June, 2024
तस्बिर : एएफपी
रासस ढाका
२o८१ जेठ १४ सोमबार १७:२३:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
विश्व डिजिटल संस्करण

आँधीका कारण बंगलादेशमा मृत्यु हुनेको संख्या १० पुग्यो, ३० हजार घर पूर्ण रूपमा क्षतिग्रस्त

Read Time : < 1 मिनेट
रासस, ढाका
नयाँ पत्रिका
२o८१ जेठ १४ सोमबार १७:२३:oo

बंगलादेशमा आएको आँधीका कारण मृत्यु हुनेको संख्या कम्तीमा १० पुगेको छ। ३० हजारभन्दा बढी घर भत्किएका वा पूर्ण रूपमा क्षतिग्रस्त बनेकाे अधिकारीले बताएका छन्।

आँधीले दशौँ हजार घरमा आंशिक क्षति पुर्‍याएको स्थानीय अधिकारीहरूले बताएका छन्। बरिसाल जिल्लाका सरकारी प्रशासक शौकत अलीले भने, ‘अधिकांशको मृत्यु ढलेको घर वा पर्खाल भत्किँदा भएको थियो। छिमेकी जिल्लामा तीनजनाको डुबेर मृत्यु भएको छ।’
 
‘रेमल’ नाम दिइएको चक्रवातले आइतबार राति तटीय क्षेत्रमा भीषण आँधीबेहरी र छालहरू ल्याएको थियो। सोमबार दिउँसोसम्म यो कमजोर भए पनि हावाहुरी र वर्षाले तटीय क्षेत्रमा अझै असर पारेको छ। ‘चक्रवातका कारण भारी वर्षा भइरहेको छ र हावाको गति पनि उच्च छ,’ अलीले भने।

सरकारी प्रशासक हेलाल महमुदका अनुसार खुलान जिल्लामा दुईजनाको मृत्यु भएको छ। उनले भने, ‘चक्रवातले एक लाख २३ हजारभन्दा बढी घरमा क्षति पुर्‍याएको छ। तीमध्ये करिब ३१ हजार घरमा पूर्ण रूपमा क्षति पुगेको छ।’

चित्तागोङ (चटगाँव)का प्रशासक तोफाएल इस्लामले एएफपीसँग भने, ‘चटगाँवमा एक व्यक्तिको मृत्यु भएको छ, जहाँ ४० हजारभन्दा बढी मानिसहरू अझै पनि भारी वर्षा र तीव्र हावाका कारण सुरक्षित आश्रयस्थलमा छन्।’

बंगलादेशको सबैभन्दा ठूलो सरकारी विद्युत् वितरण कम्पनी बंगलादेश ग्रामीण विद्युतीकरण बोर्डका प्रमुख इन्जिनियर विश्वनाथ सिकदरले आँधीका कारण चटगाँव क्षेत्र पूर्ण रूपमा विद्युतविहीन बनेको बताए। उनले भने, ‘आँधीले एक करोड २५ लाखभन्दा बढी मानिसले उपभोग गर्दै आएको विद्युत् आपूर्ति बन्द भएको छ।’

ad
ad
ad
ad