Skip This
रुपन्देहीमा चालू आर्थिक वर्षमै २०७ उद्योग बन्द
१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८१ जेठ १४ सोमबार
  • Monday, 17 June, 2024
नयाँ पत्रिका रुपन्देही
२o८१ जेठ १४ सोमबार १२:२७:oo
Read Time : < 1 मिनेट
ad
ad
ad
ad
अर्थ डिजिटल संस्करण

रुपन्देहीमा चालू आर्थिक वर्षमै २०७ उद्योग बन्द

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, रुपन्देही
नयाँ पत्रिका
२o८१ जेठ १४ सोमबार १२:२७:oo

रुपन्देहीमा चालू आर्थिक वर्ष ०८०/८१ मा दुई सय सात उद्योग बन्द भएका छन्।

घरेलु तथा साना उद्योग कार्यालय रुपन्देहीका कार्यालय प्रमुख नेत्रप्रसाद भुसालका अनुसार चालू आवको वैशाखसम्ममा रुपन्देहीमा दुई सय सात उद्योगले कार्यालयबाट लगत कट्टा गराएका छन्। गत आवमा यसरी लगत कट्टा गराउने उद्योगको संख्या दुई सय १७ रहेको थियो।

कार्यालय प्रमुख भुसालले आर्थिक मन्दीको असर रुपन्देहीमा पनि देखिएको बताए। उत्पादन घट्नुका साथै व्यावसायिक कारोबार पनि घट्दै गएको उनले बताए।  

उद्योग मात्र हाेइन वाणिज्यतर्फको अवस्था पनि उस्तै छ। गत आवमा एक हजार तीन सय चार व्यवसाय दर्ता भएकामा चालू आवमा हालसम्म एक हजार एक सय ७५ वटा मात्र दर्ता भएका छन्। आव ०७९/८० मा व्यवसाय बन्द गराउनेको संख्या १९ वटा रहेको थियो भने चालू आवमा हालसम्म २६ वटा व्यवसाय बन्द भएको प्रमुख भुसालले जानकारी दिए।  

आर्थिक मन्दीको सबैभन्दा बढी असर उत्पादनमूलक उद्योगमा परेको उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठ बताए। रुपन्देहीमा रहेका १० सिमेन्ट उद्योगमध्ये आधा बन्द भइसकेका छन्। व्यवसाय र अन्य निर्माणजन्य उद्योगको अवस्था पनि नाजुक रहेको उनको भनाइ छ।

सरकारले उद्योगी व्यापारीले राखेका सुझाव समयमै कार्यान्वयन गर्नुपर्ने उनको धारणा छ। अब आउने बजेटमा निजी क्षेत्रले उठाएका कुरा सम्बोधन हुनुपर्नेमा उनले जोड दिए। रासस 

ad
ad
ad
ad